लक्ष्मण खनाल युएई,
विषयबस्तु धेरै पुरानो होइन । गत शुक्रबार (१ अगस्त २०१४) का दिन नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहन विक्रम सिंह युएईमा रहेको जानकारी दिएर नेकपा मसालको भातृसंगठन नेपाली एकता समाज युएईले आयोजना गरेको पत्रकार सम्मेलन को निम्तो पाएर म कार्यक्रम स्थल पुगे । एकता समाजको आन्तरिक प्रशिक्षण सकिएपछि पत्रकार सम्मेलन आयोजना गरिएको थियो , जसमा युएईमा रहेर अनलाईन पत्रिकाहरु, ब्लगहरुमा समाचार सम्प्रेषण गर्ने साथीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको भोली पल्ट दिउसो कार्यक्रमको विषयमा समाचार तयार पारेर म आवद्ध मिडिया प्रवासी अनलाइन डट कम र द नेपाली भ्वइस डटकम मा प्रकाशनको लागि मेल गरे । मेल गरेको केही समयमानै प्रवासी अनलाइन डट कम र द नेपाली भ्वइस डटकम मा समाचार प्रकाशन भयो ।
समचार यस्तो थियो
![]() |
फोटो ठूलो पारेर हेर्न फोटोमाथि क्लिक गर्नुहोस् |
![]() |
फोटो ठूलो पारेर हेर्न फोटोमाथि क्लिक गर्नुहोस् |
त्यस पछि मैले समाचार लाई उज्यालो ९० नेटवर्कका सम्पादक सुनिल न्यौपानेलाई समाचार सम्प्रेषण गरे, संयोगवश सम्पादक न्यौपाने फेसबुक अनलाइनमै रहेछन । औपचारिक अभिवादन पछि समाचारको कुरा भयो । मैले समाचार प्रकाशन भन्दा पनि सम्पादकबाट समाचारको लेखनशैली हेरेर सुधारको लागि सल्लाह र सुझावको अपेक्षा गरेको कुरा राखेको थिए । हाम्रो फेसबुकको कुराकानी सकियो । त्यसको करिब एक घण्टा पछि उज्यालो अनलाइन मा मैले लेखेको समाचारको हुवहु हुने, शिर्षकमा थोरै परिवर्तन गरी उमाकान्त पाण्डेको नाममा एउटा समाचार आयो । मैले उमाकान्त पाण्डेलाई फोन गरेर किन यस्तो भयो ? समाचार त चोरिएछ भन्दा उनले आफुले समाचार नचोरेरको र विहान ९ बजे समाचार लेखेर बाहिर आएको अहिले आफु बाहिर रहेको जानकारी दिदै फोन राखे ।
उज्यालो अनलाइनमा आएको समाचार
![]() |
फोटो ठूलो पारेर हेर्न फोटोमाथि क्लिक गर्नुहोस् |
तत्कालै मैले उज्योलो अनलाइनका सम्पादकको नाममा सत्य तथ्य छानविनको गरि जानकारी गराइदिन र भन्दै एउटा पत्र लेखे । नेपाल पत्रकार महासंघ युएई शाखाको सदस्य भएकोले नेपाल पत्रकाार महासंघ युएई, प्रवासी अनलाइन र द नेपाली भ्वाइस लाई बोधार्थ राखेर पत्र सम्बन्धित ठाँउहरुमा मेल गरे ।
पत्र यस प्रकार रहेको थियो ।
![]() |
फोटो ठूलो पारेर हेर्न फोटोमाथि क्लिक गर्नुहोस् |
त्यसपछि उज्यालो अनलाइन मा सो समाचार सम्पादन भएर आयो उमाकान्त पाण्डेको नाम हटाएर समाचार सम्पादन गरिएको थियो । समाचार सम्पादन भएपछि । केही राहत महशुस भो । आखिर सुनुवाई हुदो रहेछ । न्याय छ दुनियामा ।
सम्पादित समाचार यस्तो छ ।
![]() |
फोटो ठूलो पारेर हेर्न फोटोमाथि क्लिक गर्नुहोस् |
भोली पल्ट विहान आइतवार (३ अगस्त २०१४) का दिन उज्यालो अनलाइनका सम्पादक न्यौपानेले लेखेको मेरो नाममा नेपाल पत्रकार महासंघ युएई शाखालाई बोधार्थ राखेर एउटा मेल आयो । समाचार लगभग हुवहु हुदाँ पनि बक्ताहरुले बोलेको कुराहरु हुवहु हुने भन्दै चोरेको समाचार सम्प्रेषण गर्ने समाचारदातालाई बचाउ गर्न खोजिएको देखियो । साथै यो समस्याका समाधान गर्नको लागि नेपाल पत्रकार महासंघ युएई शाखालाई आग्रह गरिएको पनि छ । जुन मेलमा, मैले समाचार सम्पादक न्यौपानेलाई समाचार पठाएको केही समय पश्चात उमाकन्त पाण्डेको समाचार आएको भनेर लेखीएको छ । मलाई यहाँ कुरो बाझियो अनि मलाई शंका लाग्यो । निज उमाकान्त लाई मैले फोन गरेर जानकारी लिन खोज्दा विहान ९ बजे समाचार लेखेर मेल गरेको भन्ने र उनको मिडियाका सम्पादकले मेरो समाचार पछि उनको समाचार आएको भनेर स्विकार्ने ( मैले सम्पादक न्यौपानेलाई समाचार करिव युएईको समयानुसार दिउसो १ बजे पठाएको थिए) । सम्पादकको विश्लेषण कहि कतै सतही व्यख्या जस्तो लाग्यो । सम्पादकले लेखेको पत्र आवश्यक परेमा दर्ज गर्नेछु ।
र जसमा समाचारको स्रोत भनेर नेपाली एकता समाज युएईले निज उमाकान्त पाण्डेको नाममा समाचार सम्प्रेषणको लागि भनेर लेखिएको एउटा पत्र जुन नेपाली एकता समाज युएईको लेटर प्याडमा छ र अन्तमा समाजका अध्यक्ष कृष्ण केसी र कार्य बहाक महासचिव मेघराज खनालको नाम छ ।
हेर्नुहोस नेपाली एकता समाज युएईले उमाकान्त पाण्डेलाई समाचार सम्प्रेषण गर्न भनेर लेखेको भनेको पत्र समाचारको स्रोत हो भनी सम्पादकले मलाई पठाएका थिए ।
![]() |
फोटो ठूलो पारेर हेर्न फोटोमाथि क्लिक गर्नुहोस् |
यो प्रक्रियाले यहि थाती हुन सकेन । मलाई उमाकान्तको भनाइ र सम्पादकको प्रतिक्रियाले झन शसंकित र उत्साहित तुल्यायो अनि म नेपाली एकता समाज युएईका अध्यक्ष कृष्ण केसी लाई सम्पर्क गर्न पुगे । कृष्ण केसी संग कुरा गर्दा थाहा भो नेपाली एकता समाज युएइले निज उमाकान्तलाई कुनै पनि पत्राचार नगरेको र सो उमाकान्तले सम्पादकलाई समाचारको स्रोत भनेर पठाएको पत्र किर्ते (नक्कली) भएको भन्दै यो काहाँ बाट पत्रचार भो यस बारे छानविन गर्ने र जो कसैबाट पनि यस्तो हर्कत भएको भए नछाड्ने जानकारी दिए । फेरी मैले पत्रमा नाम उल्लेख भएका अर्का पात्र अथवा नेपाली एकता समाज युएईका कार्यबाहक महासचिव मेघराज खनाललाई पनि सम्पर्क गरे । उहाँ ले पनि अध्यक्ष कै कुरा दोहो¥याउदै अहिले आफुहरुले नयाँ लेटर प्याड प्रयोग गर्ने गरेको र सो लेटर प्याड पुरानो भएको जानकारी दिए । साथै उनले नेपाली एकता समाज युएईको भुतपुर्व अध्यक्ष मानबहादुर र निज उमाकान्त संगै बस्ने र पहिले उमाकान्त ले नेपाली टाइपिङ्ग मा सघाउने गरेको र त्यही बेला रहेको लेटर प्याड अहिले दुरुपयोग गरेको हुन सक्ने आशंका गर्दै यसको वारेमा आन्तरिक छलफल भइरहेको र यसबारे जानकारी लिन निज उमाकान्तलाई सम्पर्क गर्दा सम्पर्क हुन नसकेको र समाजको आगामी बैठकमा यसबारे निर्णय गरिने कुरा बताए ।
अध्यक्ष कृष्ण केसी र कार्यबाहक महासचिव मेघराज खनाल संगको कुराकानी अडियो टेप म संग सुरक्षित रहेको छ आवश्यक परे दर्ज गर्नेछु ।
अतः यो सबै प्रक्रियालाई बुझ्दै जादाँ र सबै सबुतहरुलाई हेर्दा निज उमाकान्तले समाचारको चोरी गरेको र त्यसपछि सम्पादकले मागेको स्पष्टिकरण को लागि समाजको किर्ते लेटर प्रयोग गरेको देखिन्छ ।
यो स्तम्भ लेखेर अन्तिम चरणमा आइपुग्दा सम्बन्धित पक्षलाई न्यायिक छानविनको लागि आग्रह गर्दछु । असल पत्रकारिताको लागि यस्ता क्रियाकलापबाट बच्नु जरुरी छ । यस्ता गतिविधिले समाजलाई कुन कुरा निर्देशित गर्ला ? पत्रकारिता को महत्व रहला ? सबैले बुझ्न जरुरी छ ।
जदौ ।