घरदेखि टाढा बस्दा सिकिने १५ कुराहरु

0
सागर भण्डारी- जो कोहीलाई पनि आफ्नो घरको धेरै माया लाग्छ, तर घरमा नै बसी राख्ने हो भने जीवनमा भोग्नु पर्ने महत्वपूर्ण अनुभवहरु प्राप्त गर्ने मौका गुमाउन सकिन्छ | जो आफ्नो अध्ययन तथा कामका लागि घर देखि टाडा बस्ने गर्छ ऊ जीवनमा भईपरि आउने समस्याहरुसँग परिचित हुन्छ अनि ति समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा विज्ञ पनि |

त्यस्तै, आज हामीले हजुरहरुका लागि एक सल्लाह पस्केका छौ जसले हजुरलाई आफुले गर्नु भएको अथवा भोग्नु भएको कुराहरुको जानकारी दिन्छ | हामीले आज हजुरलाई १५ ओटा कुराहरु बताउदै छौ जुन कुरा हजुरले आफ्नो घर देखि टाडा रहेर मात्र सिक्न सक्नु हुन्छ वा महशुस गर्न सक्नु हुन्छ |

१) आफ्नो घर जस्तो कुनै ठाउँ भेट्टाउनु हुने छैन

हो हजुर जब घर देखि टाडा जानु हुनेछ तब हजुरलाई महशुस हुनेछ कि हजुर को घर जत्तिको स्वर्ग अरु कुनै ठाउँ नै छैन | हजुरले यो महशुस गर्नु हुनेछ कि हजुरको मनमा हजुरको ठाउँ जतिको प्यारो अनि राम्रो यो संसारमा कहिँ पनि छैन |

२) हजुरले पैसाको महत्व बुझ्नु हुनेछ

हजुरले पैसाको महत्व बुझ्नु हुन्छ जुन समय हजुरले कुनै कुराको अभाव महशुस गर्नुहुन्छ | जब हजुर घर देखि बाहिर बस्न थाल्नु हुन्छ कुनै न कुनै दिन हजुरलाई पैसाको अभाव पर्नेछ | त्यो समयमा हजुरले पैसाको महत्व बुझ्नु हुनेछ अनि आफु सँग भएको वस्तुमा नै मन बुझाउन सिक्नु हुनेछ | अन्त्यमा हजुर आफु सँग जे छ उसैमा खुसि हुन सिक्नु हुनेछ |

३) हजुर जिम्मेवार बन्नु हुनेछ

जो घरदेखि टाडा बसेको हुन्छ उसले आफु सम्बन्धी सबै जिम्मा लिगेको हुन्छ | उसले आफु माथि आइपर्ने सबै समस्याहरुलाई व्यवस्थापन गरेर तिनको समाधान गर्ने गर्दछ | यहि क्रममा उसले प्राय सबै प्रकारका व्यवस्थापन गर्न सिकेको हुन्छ अर्थात् जब हजुरमाथि कुनै कामको जिम्मेवार पर्छ तब हजुरले त्यो जिम्मेवारीलाई व्यवस्थित तरिकाले समाल्न सिक्नु हुनेछ |

४) हजुर आफ्नो समस्याहरू आफै समाधान गर्न सिक्नु हुनेछ

मैले अगाडी नै भनि सके : जब हजुरले आफु सम्बन्धी सबै जिम्मा लिनु हुनेछ तब ति सबै जिम्मेवारी आफै निभाउने प्रयत्न गर्नु हुनेछ | त्यस्तै हजुर आफ्नो घरदेखि टाडा भएको समय हजुरको परिवारले हजुर माथि परेका समस्यालाई समाधान गर्न सम्भव हुन्दैन | अनि उक्त समस्यालाई हजुरले बाध्यता बश भएपनि समाधान गर्ने कोसिस गर्नु हुनेछ जहाँ हजुरले आफ्नो समस्या आफै समाधान गर्न सिक्नु हुन्छ | यसले हजुरको आत्मविस्वाश बढाउने छ |

५) हजुर हरेक काममा परिपक्व हुनु हुनेछ

जब हजुर आफ्नो घरदेखि टाडा बस्नु हुनेछ हजुरले आफ्ना सबै काम आफैले गर्नु पर्ने हुन्छ जसले गर्दा हजुर हरेक काममा परिपक्व बन्नु हुनेछ | हजुर आफ्नो घर तथा कोठा सफा गर्ने देखि खाना पकाउने, लुगा धुने, आफ्नो हेरविचार गर्ने जस्ता काममा परिपक्व हुनु हुनेछ |

६) हजुर यात्री बन्नु हुनेछ

आफ्नो घर गाउँमा बसेर कति ठाउँ घुम्न सक्नु हुन्छ | यदि हजुर घरदेखि टाडा बस्नु भयो भने हजुरको जीवनमा धेरै परिवर्तनहरु आउने छन् | हजुर एक्लो जीवनलाई रमाइलो प्रदान गर्नका लागि समय समयमा विभिन्न ठाउँहरु घुम्ने बानी बसाल्नु हुनेछ | हजुर घुम्न सुरु गर्नु हुन्छ अनि घुम्दा घुम्दै थाहै नपाई हजुर यात्री बन्नु हुनेछ |

७) कुनै पनि काम जिम्मेवारी पुर्वक गर्नु हुनेछ

हजुर आफ्नो घरबाट टाडा बस्न थालेपछि ढिलो चाडो कुनै काम/जागिर गर्न थाल्नु हुन्छ जहाँ हजुरले गर्नुपर्ने महत्वपुर्ण कामहरुको सुची थपिदै जान्छ | त्यो समयमा जब हजुरमाथि कुनै जिम्मा दिईन्छ हजुरले त्यसलाई आफ्नो ढंगले जिम्मेवारी पुर्वक पुरा गर्न सफल हुनु हुनेछ |

८) हजुर जे काम जस्तो तरिकाले गर्न पनि स्वतन्त्र बन्नु हुन्छ तर हजुरले त्यसलाई जिम्मेवार तरिकाले गर्न थाल्नु हुन्छ

परिवारबाट टाडा भएपछि हजुर जे काम गर्न पनि स्वतन्त्र हुनु हुन्छ, जे कामलाई जसरी गर्न पनि सक्नु हुन्छ | हजुरले गर्ने गल्ति हजुरको परिवारले देखेका हुँदैनन् | तर हजुरले त्यस्तो गर्नु हुने छैन | हजुर जब परिवारबाट टाडा बस्नुहुन्छ तब हजुरमा आफ्नो परिवार प्रतिको सम्मान पहिलेको भन्दा धेरै गुना बढी रहेको महशुस गर्न थाल्नु हुन्छ जसले हजुरलाई ति गल्तिहरु गर्नबाट पछाडी धकेल्ने छ |

९) हजुरले नयाँ विचार भएका व्यक्तिहरुको संगत गर्न थाल्नु हुन्छ

जब हजुर आफ्नो पढाई वा कामका लागि नयाँ ठाउँमा बस्न थाल्नु हुन्छ हजुरको स्कुल, कलेज, अफिसमा नयाँ विचार भएका धेरै मानिसहरुसँग मित्रता गर्न थाल्नु हुन्छ | हजुरले आफ्नो विचारलाई चुनौती दिने मानिसहरुको सामना गर्दै जीवन बिताउन थाल्नु हुन्छ जसले हजुरलाई अपरिपक्व बाट परिपक्व बन्न सहयोग गर्दछ |

१०) वास्तविक संसारलाई चिन्ने मौका पाउनु हुन्छ

जब घरबाट टाडा बस्नुहुन्छ, हजुरले भेट्ने धेरै मानिसहरु हजुरका लागि नयाँ हुनेछन् | हजुर त्यो दुनियामा नयाँ बन्नु हुन्छ जहाँ विभिन्न सोच र विचार भएका मानिसहरुसँग हजुरको भेट हुन्छ | त्यहाँ हजुरले संघर्ष गर्ने क्रममा धेरै कुरामा अनुभव बटुल्नु हुनेछ | त्यहाँ हजुरले नयाँ संसार चिन्ने मौका पाउनु हुनेछ |

११) मित्रताको महत्व बुझ्नु हुनेछ

घरमा हजुरलाई साथ दिने धेरै जना हुन्छन तर जब हजुर घरबाट टाडा बस्नुहुन्छ तब हजुरले आफ्नो साथीहरुको महत्व बुझ्नु हुन्छ | हजुरलाई आफ्नो घरमा साथ दिने साथीहरुलाई सम्झनु हुन्छ अनि नयाँ साथी बनाउन तिर लाग्नु हुन्छ | बनेका ति नयाँ साथीहरुबाट पनि जब हजुरले ओत पाउन थाल्नु हुन्छ तिनैलाई आफ्नो परिवार सम्झिन थाल्नु हुन्छ |

१२) सम्बन्धमा ध्यान दिन थाल्नु हुनेछ

प्राय घरबाट टाडा हुँदा साथी-भाई मा धेरै समर्पित भइने गरिन्छ जो सँग हाम्रो सम्बन्ध गाढा बनेको हुन्छ | त्यसपछि हामीले ति साथीलाई के मन पर्छ वा पर्दैन भन्ने कुरामा ध्यान दिन थाल्छौ | अनि हामी साथी-भाई तथा परिवार सँगको हाम्रो सम्बन्धलाई समधुर बनाउनका लागि ध्यान दिन सुरु गर्छौ |

१३) आफ्नो परिवार नै सबै भन्दा ठुलो लाग्छ

जब आफ्नो घर परिवार सम्झिन थाल्नु हुन्छ हजुरलाई आफ्नो आमाको अँगालो भन्दा न्यानो अरु केही लाग्दैन 

अनि बुबाको शब्दहरू भन्दा साचो अरु कसैको शव्द लाग्दैन |

१४) आफ्नो खुट्टामा आफै उभिन सिक्नु हुन्छ

घरबाट टाडा भएपछि हजुरले आफ्नो खुट्टामा आफै उभिन सिक्नु हुन्छ अर्थात् आफ्नो लागि आफैले नै केहि गर्न सुरु गर्नु हुनेछ | त्यो समयमा हजुरले आफु प्रति गर्व महशुस गर्नु हुनेछ

 अनि आफ्नो परिवारलाई गर्वान्वित बनाउनु हुनेछ |

१५) त्यस पछि अन्त्यमा हजुरले आफै महशुस गर्नु हुनेछ कि हजुर अब ठुलो बन्नु भयो
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top