बालश्रम शाेषण गर्नेलाई कार्वाही

0
कैलाली, साउन २५ । 
बालश्रम शोषण गरेको भन्दै धनगढी नगरपालिका वडानम्बर ५ हसनपुरका राम बहादुर केसी र उनको श्रीमती गोमा केसीको नाममा बालश्रम विरुद्ध श्रम कार्यालय धनगढीमा गरिएको मुद्धाको फैसला भएको छ ।   प्रतिवादी राम बहादुर केसी र उनका श्रीमती गोमा केसीको नाममा बालश्रम विरुद्ध श्रम कार्यालय धनगढीमा  २०७० साल चैत्र १४ गतेका दिन आरेक नेपालले धनगढी श्रम कार्यालयमा मुद्धा दर्ता गरेको थियो ।     चौमाला गाविस राजीपुर निवासी वर्ष १५ कि बालिका सिमा गुरुङलाई ९ वर्षको उमेरदेखि घरेलु कामदारको रुपमा राखी जोखीमपुर्ण काम लगाउनुको साथै विभिन्न शारिरीक तथा मानसिक यातना दिएको घटनाविरुद्ध ओरकले मुद्धा दर्ता गरेको थियो ।   २०७१ साल साउन १९ मा गरेको श्रम कार्यालयको निर्णय अनुसार बालश्रम ऐन अनुसार राम बहादुर केसी र गोमा केसीलाई जनही  दश हजार रुपैयाा जरिवाना र पीडित बालिकालाई क्षतिपूर्तिस्वरुप दुवै जनाले एकमुष्ठ रकम ६४ हजार रुपैयाँ मात्र दिनुपर्ने निर्णय गरेको जनाइएको छ ।    जरिवानाको रकम श्रम कार्यालयमा दाखिला गर्ने र क्षतिपूर्ति बापतको रकम पीडित बालिकाको खातामा जम्मा गरिनु पर्ने समेत फैसलामा उल्लखे गरिएको छ । साथै  समयमा नबुझाएमा प्रचलित कानुन बमोजिम सरकारी बााकी सरह असूल उपर गर्ने निर्णय समेत अदालतले  गरेको छ ।

Source: Sancharika Online
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top