गीता मणि पाण्डे, यु ए ई दुबई
यूएईबासी तथा सम्पुर्ण नेपालीहरु लाई नेपाली कल्याणकारी समाज, यूएईले हरितालिका तिज २०७१ को उपलक्ष्यमा यही ८ अगस्त २०१४ शुक्रबारका दिन दुबईको क्रिक पार्कमा बिविध मनोरञ्जनात्मक कार्यक्रम सहित भरपुर मनोरञ्जन का साथ भरपेट दर सहित बिभिन्न प्रकारका परिकारहरु खुवाउने भएको छ साथै उक्त कार्यक्रम बाट भएको मुनाफा सिन्धुपाल्चोक तथा शंखुवा सभाका बाडी पहिरो पिडीत् लाई सहयोग गरिने भएकोछ ।
संस्थाका उपाध्यक्ष तुल्सीराम पौडेल तथा संस्थापक सदस्य एवं सल्लाहकार शोभा भण्डारीले दिएको जानकारी अनुसार संस्थाले बिषेशगरी हिन्दु नारीहरुको चाड हरितालिका तिज लाई मध्येनजर गरी यूएईमा कार्यरत् सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाई लगायत सम्पुर्ण नेपालीहरुलाई उक्त कार्यक्रममा उपस्थित हुन आग्रहगर्दै भरपुर मनोरञ्जन का साथ बिभिन्न नप्रकारका परिकारहरुको स्वाद लिदै पेटभरी दर खाई रमाईलो संग बिदेशी भुमिमा यो चाड मनाउन सबै लाई आग्रह गरेका छन् । साथै उनीहरुले नेपाली कला संस्कृतिको जर्गेना गर्दै बिदेशी भुमिमा नेपाल र नेपालीहरुको पहिचान बढाउनु पर्दछ यसका लागि प्रवासी नेपाली तथा यस संग सम्बन्धित सबैले अहम भुमिका निर्वाह गर्नु पर्दछ भन्दै उपस्थितहुन सबै लाई अनुरोध गरेकाछन् ।
उक्त संस्थाले बिगतका धेरै बर्ष देखि यस्ता बिविध चाड पर्व, सांस्कृतिक तथा अन्य किसिमका कार्यक्रम हरु प्रसस्त मात्रामा गर्दै धेरैे नेपालीहरुलाई सहयोग एवं बिधिन्न समस्यामा परेका बिद्यार्थी, बिभिन्न बिद्यालयहरुलाई आर्थिक तथा भौतिक सहयोग ज्येष्ठ नागरिकहरुलाई सहयोग सम्मान, दैबि प्रकोप जस्ता आपत् कालिन अबस्थामा सहयोग र समस्यामा परेका कुनेै पनि नेपाली लाई सहयोग प्रदान गर्दै आएको यो संस्था यूएईको इतिहामा महिलाले नेतृत्व गरेको पहिलो संसथा हो पुरुषहरुको सम्मिश्रण भएता पनि निस्पक्ष स्वतन्त्र र समानुपातिक रुपमा चलेको यस संस्थाले नेपाल र नेपालीहरुको हितका लागि थुप्रै उद्धेश्यहरु बोकेर काम गरिरहेको छ ।
नेपाली कल्याण्कारी समाज यूएईले गर्न लागेको महान चाड हरितालिका तिज तथा बिविध मनोरञ्जनात्मक कार्यक्रममा सहभागि भै कार्यक्रमको शोभा बढाउन गरिएको आग्रहलाई बिषेशगरी यूएईका बिभिन्न नेपाली संघ–संस्था एवं सबै नेपालीले ऐक्यबद्धता जनाउदै उपस्थित हुन आवस्यक देखिन्छ । उक्त संस्थाले कार्यक्रम बाट भएको मुनाफा हालचालै नेपालको सिन्धुपाल्चोक तथा शंखुवा सभामा भएको दैबि प्रकोप बाढी पहिरो पिडीत लाई राहत स्वरुप सहयोग गर्ने भएकोले यस पुन्य कार्यमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध गर्दछौ ।
कार्यक्रम हुने मिति: ८ अगस्त २०१४ शुक्रबार बेलुका ४:०० बजे देखि दुबईको ग्रिक पार्क
आयोजकः नेपाली कल्याणकारी समाज, यूएई परिवार