स्याङ्जामा बिना विद्युुतिय रोपवे संचालनमा कृषकका तरकारी ढुवानीमा सहजता

Unknown
0

विनोद थापा—२६  साउन/

दुइ घण्टा पैदल हिडेर आफुले उत्पादन गरेको तरकारी बिक्रि गर्न ल्याउने पित्लेकका कृषकहरुले बिना बिद्युतीय रोपव संचालनमा आएपछि तरकारी ढुवानीमा सहजता पाउन थालेका छन् । उत्पादन गरेको तरकारी बिक्रिका लागि दुईघण्टा पैदल हिड्न बाध्य भएका पित्लेकका किसानहरुलाई रोपवे संचालनमा आएपछि ढुवानीको सहजता मिलेको हो । तरकारी खेती गरेर जिविकोपार्जन गर्न सफल भएका जगतभञ्याङ् पित्लेकका किसानहरु ढुवानीकै समस्यामा पर्दै आएका थिए ।
नेपाल सरकार कृर्षि तथा सहकारी मन्त्रालय, ब्याबसायिक कृर्षि तथा ब्यापार आयोजना (प्याक्ट)काठमाण्डौको आर्थिक अनुदानमा जनकल्याण कृर्षि सहकारी संस्थाले ग्राभेटी रोपवे निमार्ण कार्य २०६८ सालदेखि शुरु गरेका थिए ।  लामो समय देखी ब्यावसायिक रुपबाट तरकारी खेती गर्दै आएका स्याङ्जा जगतभञ्याङ गाबिसका कृषकहरु द्धारा उत्पादन गरिएको कृर्षि उपज बजार सम्म ढुवानी गर्न कठिनाइ भएपछि रोपवे निमार्णमा प्याक्ट नामक संस्थाहरुले सहयोग गरेको हो । 
जगतभञ्याङ गाबिसको कृर्षि क्षेत्रको उर्भर भुमीकोे रुपमा रहेको पित्लेकदेखि वालिङ नगरपालिका वाड नं ८ खहरे सम्मको ८ सय ५४ मिटर लामो रोपवे सन्चालनमा आएपछि किसानहरुले दुई घण्टा लगाएर पैदल मार्फत तरकारी बिक्रिका लागि लैजाने किसानहरुलाई अहिले बजार सम्म पु¥याउन एक मिनेट लाग्ने भएको छ । रोपवे निमार्ण भएपछि सो स्थानमा उत्पादन गरिएका कृर्षि उपज सहज रुपमा कृषकले बजार सम्म ढुवानी गर्न सहज भएको र यहाँका किसानहरु हर्षित भएको जनकल्याण सहकारीका अध्यक्ष निलकण्ठ लामीछानेले बताए । 
नगरपालीकाको खहरे देखी पित्लेक सम्मको करिव १ किलोमिटर बिना बिद्युतिय ग्राभिटी रोपवे सन्चालन गर्न नेपाल सरकार कृर्षि तथा सहकारी मन्त्रालय अन्तरगत ब्याबसायिक कृर्षि तथा ब्यापार आयोजनाले २४ लाख आर्थिक अनुदान सहयोग गरेको छ । कुल ५६ लाख ५ हजार खर्च लागेको रोपवे निमार्णमा अन्य खर्च भने किसानहरुले लगानी गरेका छन् । एक पटकमा ७० किलो देखि ९५ किलो सम्म ओसार पसार गर्ने क्षमता रोपवेको रहेको छ ।
कृर्षि पर्यटनको रुपमा बिकशित उक्त क्षेत्रमा उत्पादन गरिएका कृर्षि उपज त्रियासीमा रहेको संकलन केन्द्रमा पु¥याउन कृषकहरुलाइ दुइ घण्टा पैदल हिड्नु पर्ने समस्या रहेको थियो । रोपवे निर्माण पछि कृषकले आफ्नो उत्पादन सजिलै ढुवानी गर्न सकेको खण्डमा उत्पादित बस्तुको मुल्य राम्रो पाउने अपेक्षा किसानहरुले राखेका छन् ।  १ सय ७२ घरपरिवार कृर्षिमा आधारीत रहेको पित्लेक गाँउका किसानहरु रोपवे सगै ढुवानी र मुल्य राम्रो पाउने भएपछि मुहार फेरीनेमा ढुक्क रहेका छन् । रोपवे संंचालनमा ल्याउन अत्यन्तै कठिन र ढिलो भएपनि सचालनमा ल्याउन सफल भएको सहकारीका व्यवस्थापक तथा अगुवा किसान हुमनाथ लामिछाने बताए । रोपवेको औपचारीक उदघाटन भने गरिएको छैन । उदघाटन साउनको अन्तिम सातामा गर्ने योजना सहकारीले बनाएको छ । किसानहरुले ढुवानी गरेवापत एक किलोको ५० पैसा तिर्ने व्यवस्था सहकारीले बनाएको छ । किसानबाटै उठाएको रकमले रोपवेको मर्मतकै लागि खर्च गरिने लामिछानेले बताए । २०५६ साल बाट त्रियासीमा तरकारी तथा फलफुल संकलन केन्द्र स्थापना गरि दैनिक रुपमा तरकारी यहांबाट भैरहवा पोखरा नारायणगढ बिरगंज लगायतका सहरहरुमा तरकारी निर्यात हुने गरेको छ । दैनिक १० देखी ५०० क्विन्टल सम्म निर्यात गरिने यस क्षेत्रमा टमाटर सबैभन्दा बढि उत्पादन हुने गरेको छ । यसका अलवा मौसमी तथा बेमौसमी करेला काउलि बन्दा घिरौला लौका, कफि, सुन्तला, अदुवा लगायतका तरकारी उत्पादन हुने गर्दछ ।
यसअधी वालिङ नगरपालिका वाड नं ८ त्रियासीदेखि छाङछाङदी गाबिसको मंन्साङकोट सम्म रोपवे सन्चालनमा आइसकेको छ । यो रोपवे संचालनमा आएपछि मन्साङ्कोटका कृर्षकहरु खुशी भएका छन् भने स्याङ्जामा दुईओटा रोपवे सचालन भएका छन् ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top