यौन बजार घुमेर,साहित्यबाट यौनको चर्चा

0
पोखरा । यात्रा पनि थरि थरि,पोखराका साहित्यकारहरुले शनिबार यौन व्यवसायको विषयलाई आफ्ना साहित्यिक रचनामा उतारेका छन् । केही समय पहिले सम्म यौन व्यवसायको मुख्य बजार मानिने पोखराको वाग्लुङ बसपार्कमा स्थलगत अवलोकन गरी यौन व्यवसाय र व्यवसायसँग जोडिएका विषयवस्तुलाई विभिन्न साहित्यिक रचनामा उतारेर सोही ठाउँमा सुनाएका हुन् । गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरले प्रत्येक महिनाको तेस्रो शनिबार गर्दै आएको अक्षरयात्रा साहित्यिक अभियानले यसको चाँजोपाजो मिलाएको थियो । 


अक्षरयात्राको १०८ औं शृङ्खलामा सहभागी भएका पोखराका झण्डै २ दर्जन सहित्यकारहरुले यौन व्यवसायमा महिलाहरु कसरी लाग्छन्, यसवाट समाजमा पर्ने प्रभाव, असर तथा फाइदा–वेफाइदा, यौन व्यवसायसँग सम्वन्धित मनोभावनाहरुलाई साहित्यक रचना मार्फत सुनाएका हुन् । आइसिएस पोखराको सहयोगमा कार्यक्रम भएको हो । यौन व्यवसायले समाजमा विसंगति पैदा गर्ने कुरालाई मात्र जोड नदिएर मानिसको अवश्यकता र जीवनसँग जोडिएको आर्थिक तथा समाजिक विषयलाई पनि हेर्नुपर्ने उनीहरुको भनाई थियो । यसवाट समाजमा पैदा हुने विसंगतिको व्यवस्थापन गर्दै उचित विकल्प सहित अधिकारका विषयलाई पनि आफ्ना रचनामा उतारेका थिए । 


यौन व्यवसाय कुनै एक ठाउँवाट विस्तापित गर्दैमा यसको अन्त्य हुन नसक्ने भएकाले यसको दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने उनीहरुको जोड छ । सन्ध्याका अध्यक्ष उदिपराज ढुंगाना र सागरका लक्ष्मण थापाको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा ¥याण्डम रिडर्स सोसाईटीका अध्यक्ष गनेस पौडेल, गजल सन्ध्या पोखराका संस्थापक अध्यक्ष दिलिप दोषि, गजल सन्ध्याका सल्लाहकार रुपिन्द्र प्रभावी, मुक्तक मञ्च पोखराका अध्यक्ष परिवर्तन, आरसिएसका ध्रुव वराल, साहित्यकार शरण आँसु, विर्सना बस्नेत, सुरज उपाध्याय, अमृत सुबेदी ‘गुराँस’, पूर्णविराम, सुमन लम्साल, लक्ष्मण तिमल्सिना, टिका रेग्मी, सरिता पौडेल, हरिमाया पराजुली लगायतले रचना वाचन गरेका थिए ।

‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ भन्ने नाराका साथ आयोजना हुँदै आएको अक्षरयात्रा देशका विभिन्न विषयमा महत्व बोकेका ठाउँहरुमा गइ स्थानीय विषयवस्तुलाई साहित्यिक रचनामा उतारी सोही ठाउँमा वाचन गरिने साहित्यक अभियान हो । 
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top