घनश्याम पराजुली (कृष्ण), दोहा (कतार) । गरिव , जेहन्दार र पिछडीएका विद्यार्थीहरुको सहयोगार्थ छात्रवृत्ती कोषका लागी दाङ्ग देउखुरी प्रवासी समाज कतारले भाग्यशाली चिठ्ठा कार्यक्रम दोहा स्थित ईष्ट वेष्ट होटलमा सम्पन्न गरेको छ ।
संस्थाका द्धितिय उपाध्यक्ष शोया दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई महासचिव सुर्य सुवेदीले सन्चालन गरेका थिए । नेपाली राष्ट्रिय गानले उद्घाटन गर्दै सचिव श्याम कुमार डाँगीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका विशेष अतिथी तथा बरिष्ठ सल्लाहकार कमलमणी गुरागाँईले मन्तव्य राख्दै संस्थाले छोटो समयमा विभिन्न क्षेत्रका पिडितहरुलाई सहयोग गर्दै आईरहेको जानकारी गराउदै । यस सँस्थालाई नेपालमा दर्ता गराई अझै सक्रियताका साथ अघी बढाउने प्रक्रिया शुरु भएको बताए । बिशेष अतिथी एनआरएन कतारका महासचिव बिनोद भट्टराईले एनआरएन कतारका गतिबिधीहरु बारे जानकारी गराउदै नेपाली दुतावासमा पासर्पोट नविकरणको बढ्दो चापलाई मध्यनजर गर्दै संघसस्थाहरु सँग हातेमालो गरी दुतावासको उपस्थितीमा फारम भर्ने काम भईरहेको बताए ।
कार्यक्रमका अर्का विशेष अतिथी तथा संस्थाका बरिष्ठ सल्लाहकार अर्जुन खड्काले कतारमा रहेका संघ संस्थाहरुसँग हातेमालो गर्दै सामाजिक कामका लागी अघाडी बढ्न कतारमा कार्यरत सबै दङ्गालीहरुलाई आवहन गरेका थिए । त्यस्तै विशेष अतिथी संस्थाका प्रमुख सल्लाहकार गणेश बन्जाडेले व्यक्तिको विकास सगै समाजको विकासमा हुने सुधार मात्रै देशको सहयोगी हुनसक्छ भन्दै कतारमा स्थापित सामाजिक संस्थाहरुले गरेका कामहरु समग्रमा सहरायिन भएको बताए । कार्यक्रममा अतिथीहरु नेपाली मगर संघका अध्यक्ष शरण थापा मगर , आदिवासी जनजाती महासंघका कोषध्यक्ष महेन्द्र थापा मगर , अर्घखाची सेवा समाजका अध्यक्ष युवराज पाण्डे, प्युठान सेवा समाजका सल्लाहकार कमल आचार्य , नेपाली महिला समाज कतारबाट रेनुका चौलागाई, नेपाल पत्रकार महासंघ कतार शाखाका सचिव दिपक पुडासैनी साथै उल्लेख्य मात्रामा कतारमा कार्यरत दङ्गालीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा आयोजित भाग्यशाली चिट्ठाको नतिजा उपस्थित अतिथीहरुको समन्वयमा सार्वजनिक गरिएको थियो । जसमा प्रथम पुरस्कार १० ग्राम सुन मिना गिरी ००१८०१ , दोश्रो पुरस्कार २८ ईन्चको एलईडी टेलिभिजन रामछवि मण्डल ००४१२ , तेश्रो पुरस्कार सामसुङ्ग ग्यालक्सी मोवाईल एकता कार्की ००४४३, चौथो पुरस्कार थ्रि जि ट्वालेट जयन्ती एमसी ०१४५२, पाचौ पुरस्कार हाते घडी पाच जनालाई जसमा भिम पाण्डे ०१२८६,किरण ००११९ , विशाल तामाङ्ग ००५७७, रोयल राई ००२१३७, शाहादत ००१९२७ रहेको छ । त्यस्तै छैठौ पुरस्कार टर्च लाईट पाच जनालाई जसमा होम ब. गुरुङ्ग ०१७३ण्, रामप्ररण यादव ११८३, नितु सुबेदी ००१०४९, लक्ष्मी पुन ००१६३३, सुवास अधिकारी ०४४७ रहेको छ । अन्तिम पुरस्कार आठ जिवीको युएसवी दश जनालाई जसमा रितु श्रीस ०२८, ववल्लु ०१९२८,हर्क ब.सेङवा ००४९९,शुशिल चौधरी २०००, पदम नेपाली ००१५८३, तुलसी ठाकुर ००२१०७, प्रिया बिक ००३५४, मुक्त ब. घर्ती ००१६३१, मुकेश कुमार शाह ००११०३ र अयस खातुन ००१४२७ रहेको छ । संस्थाका अध्यक्ष लुमाकान्त पुनले संस्थाका गतिबिधी बारे प्रष्ट पारे साथै सभापति दाहालले उपस्थित सम्पुर्णमा धन्यवाद प्रकट गरेकी थिईन ।
यस संस्थाले हरेक बर्ष कतारमा विविध कार्यक्रम सन्चालन गरी आफ्नो जिल्लाका विद्यालयहरुलाई सहयोग गर्दै आएको छ । यस कार्यक्रमबाट उठेको रकम जिल्ला स्थित दुईवटा विद्यालयमा अध्यनरत गरिव , जेहन्दार र पिछडीएका विद्यार्थीहरुलाई सहयोग गर्नेछ।
सोही दिन दाङ्ग देउखुरी बचतको प्रथम अधिवेश सम्पन्न भएको छ । अधिवेशनबाट श्याम कुमार डागीको अध्यक्षमा ९ सदस्यिय कार्यसमिती चयन गरेको छ । जसमा उपाध्यक्ष लिलामणी लामीछाने, सचिव सुवास रजौरे , कोषध्यक्ष युद्ध ब. भुषाल साथै सदस्यहरुमा ईश्वर जिसी , नमजरा एमसी , मिन ब. पुन , लवरु चैधरी र श्रृषीराज केसी रहेका छन ।