विनोद थापा / वुटवल, श्रावण १९
रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारमा लार्पबाही पछि बिरामीको ज्यान गएपछि तनाव भएको छ । रुपन्देही गंगोलिया १ मुडीयारीकी पबित्रा तिवारीको चार दिन अघि सोहि अस्पतालमा भर्ना गरिएको थियो । सामान्य बिरामी भएकी पवित्रालाई बान्ताको समस्या रहेको उनका ससुरा टीकाराम तिवारीले बताउनुभयो । बिहे भएको १ बर्ष नपुगेकी २२ बर्षिय पबित्राको माइती भने नवलपरासीको सुनवलमा पर्दछ । उनका श्रीमान रोजगारीको शिलशिलामा कतारमा रहेको पारिवारिक श्रोतले जनाएको छ । ४ दिनसम्म बिरामीलाइ केहि नीको नभएपछि आफन्तजनले रिफर गरिदिन आग्रह गरेपनि अस्पतालले रिफर नगरेको र अन्तिम अबस्थामा उपचार गर्न सक्दैनौं भनेपछि उनको भैरहवामा ज्यान गएको हो । समयमा रिफर नगर्ने र सहि उपचार नगर्ने डाक्टर अनिल श्रेष्ठको राजीनामा र उनलाइ कडा कारबाहीको माग गरिएको छ । पवित्राको मृत्यु भएपछि आफन्तजनले क्रिमशनमा तोडफोड र घेराउ गरेका छन् । अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ भने दुइपक्षका बिचमा बार्ता गर्ने तयारी भैरहेको बताइएको छ ।