रोजगारको लागि कोरिया जाने युवाहरुका लागि ईपिएस फारम भर्न बुटवलमा युवाहरुको भिड

Unknown
0


विनोद थापा ,बुटवल /
रोजगारको लागि कोरिया जान चाहने युवाहरुका लागि रोजगार अनुमति प्रणाली ईपिएस फारम भर्न बुटवलमा युवाहरुको भिड लागेको छ । बुटवल १२ बुटवल मण्डपमा गई ईपिएस भर्नेहरुले लगातारको झरीको समेत प्रवाह नगरी फारम भर्न घण्टौं लाईन लाग्ने गरेका छन् । श्रम कार्यालय बुटवलका अनुसार फारम खुल्ला गरिएको दोश्रो दिन विहीबार सम्म चार हजार ८ सय १८ जनाले ईपिएस फारम भरेका छन् । पहिलो दिन बुधबार दुई हजार १ सय १० जनाले फारम भरेकोमा विहीबार २ हजार ७ सय ८ जनाले फारम भरेको नेपाल कोरिया विकास परिषद्का अध्यक्ष गम्भीर गुरुङले जानकारी दिनुभयो । दक्षिण कोरिया जान चाहने कामदारका लागि बुधवारदेखि फारम वितरण गरिएको हो । साउन ३१ गतेसम्म फारम वितरण कार्य जारी रहने बताईएको छ । यस अवधीमा १० हजार भन्दा बढि युवाले फारम भर्ने अनुमान गरिएको श्रम कार्यालय बुवलका प्रमुख बेदप्रकाश उपाध्यायले बताउनुभयो । ईपियस फारम भरेकाहरुको भाषा परिक्षा असोजको १० र ११ गते काठमाण्डौंमा हुने बताईएको छ । विगतका वर्षहरुमा कोरियाले कामदारको संख्या तोकेपनि परिक्षा उत्तिर्ण गर्ने सबैलाई कोरिया लैजान नसकेपछि यसपटक संख्याको बारेमा भने केहि खुलाइएको छैन । गत वर्ष नेपालबाट ४७ हजार ९ सय २८ जनाले फारम भरेकोमा बुटवलबाट मात्रै ८ हजार ७ सय ३७ जनाले फारम भरेका थिए ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top