स्याङजाली परिवार रुपन्देही क्ष्ँेत्र नं. ३ र ४ ले प्रगती नगर अपाङग आश्रममा रहेका बालबालिकाहरुलाई दर खुवायो

Unknown
0
विनोद थापा ,बुटवल /

महिलाहरुको चाड हरितालिका तिजको अवसरमा स्याङजाली परिवार रुपन्देही क्ष्ँेत्र नं. ३ र ४ ले प्रगती नगर अपाङग आश्रममा रहेका बालबालिकाहरुलाई दर खुवाएको छ । परिवारले विहीबार आयोजित एक कार्यक्रमका विच आश्रममा रहेका १४ जना बालबालिकाहरुलाई दर खुवाएको हो । सबैले चाडपर्व मनाईरहंदा आश्रममा रहेका बालबालिकाहरुले पनि चाडपर्वको अनुभुति गरुन् भन्ने उद्देश्यले दर खुवाएको परिवारका  अध्यक्ष विना गुरुङले जानकारी दिनुभयो । यसैविच परिवारले परिवारमा आबद्ध सदस्यहरुका विच तिज गित कार्यक्रम सम्पन्न गरेको छ । परिवारका अध्यक्ष्ँ विना गुरुङको अध्यक्ष्ँतामा सम्पन्न भएको कार्यक्रमको उद्घाटन गर्दै रुपन्देहीका स्थानीय विकास अधिकारी विश्व प्रकाश अर्यालले नेपाली महिलाहरुको लागि तिजको अत्यन्त महत्व रहेकोले यसको जगेर्नाको लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहांले पछिल्लो समयमा तिजको नाममा धेरै विकृतीहरु फैलिएको उल्लेख गर्दै सबै मिलेर त्यस्ता विकृती हटाउनेपर्ने बताउनुभयो । कार्यक्रम संयोजक टिकिसरा बस्यालको स्वागत तथा भगवती पाण्डेको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्याङजाली परिवार रुपन्देहीका अध्यक्ष डि आर घिमिरे, प्रौढ समाजका अध्यक्ष तिलकराम पौडेल, परिवारका क्षेत्रिय सहसचिव लक्ष्मण कुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा स्याङजाली परिवारलाई आर्थिक सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई प्रशंसा पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा महिलाहरुले तिजका गित गाउने र नाच्ने गर्दै दर खाएर रमाईलो गरेका थिए ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top