नेवि संघमा विवाद बढ्यो, पुल्चोकमा विद्यार्थीहरु कुटिए

0

काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशन नजिकिएसंगै नेविसंघ भित्र विवाद र झगडा चुलिएको छ । महाधिवेशनको संघारमा विभिन्न क्याम्पस तथा समितिहरुमा समानान्तर कार्यसमिति बन्ने क्रम मात्रै बढेको छैन आपसमा मारकाटको स्थिति पनि सिर्जना भएको छ ।

यसैबीच, ईन्जिनियरिङ अध्ययन संस्थान केन्द्रीय क्याम्पस पूल्चोकका विद्यार्थी नेता रविन सुवेदी लगायतका नेताहरुमाथि आक्रमण भएको छ । कुटपिटबाट सुवेदीको टाउकोमा गम्भीर चोट लागेको छ । उनको बुद्धनगरस्थित ह्याम्स हस्पिटलमा उपचार भइरहेको छ ।
नेविसंघ स्रोतका अनुसार मंगलबार मात्रै पूल्चोक क्याम्पसमा नेविसंघको एक समूहले रबिन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरेको थियो । लामो समयदेखी पूल्चोक क्याम्पसमा अधिवेशन हुन नसकेको भन्दै सुवेदीको नेतृत्वमा कार्यसमिति घोषणा भएलगत्तै उनी लगायतका विद्यार्थीहरुमाथि आक्रमण भएको हो ।
आक्रमणमा परेका विद्यार्थीहरुले घटनामा सुदर्शन शर्मा,विकास भण्डारी, दिपेन वान्तवा लगायतको संलग्नता रहेको भन्दै कारवाहीको माग गरेका छन् ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top