मोबाइल समेत नभएकी लोक गायिका बिष्णु माझी

Unknown
0

स्याङ्जालि गायिका बिष्णु माझीका बिषयमा सोधखोज ग¥यो भने कतिपय समकालीन लोकगायक गायिका मुखामुख गर्छन् । कारण के भने सवैभन्दा महँगी र सुमधुर स्वरकी धनी बिष्णुका बारेमा धेरै कुरा कसैलाई थाहा छैन ।

अरु कलाकारको भन्दा फरक जीवनशैली र उनका बिषयमा चलेका कतिपय हल्लाका कारण बिष्णु गायनवृत्तकी सवैभन्दा रहस्यमयी पात्रका रुपमा परिचित छिन् ।
पाँच हजार गीतमा स्वर भरिसकेकी र दशकभन्दा बढी समयदेखि लोकगायनमा जमेकी बिष्णुको जीवन गुममान छ, लगभग भूमिगत शैलीमा ।
एक दशकको बीचमा उनी कुनै सार्वजनिक समारोह वा सञ्चारमाध्यममा देखा परेकी छैनन् । एउटा गीत गाएको अरु कलाकारले ६ /७ हजार रुपियाँ बुझ्ने बिष्णुको नयाँ तस्बिर बाहिर नआएकै आठ बर्ष बित्यो ।

स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रममा उनको अत्यधिक माग छ तर कतै देखिन्नन् । समकक्षी कलाकारसँग उठबस छैन् । कतिपय भने स्टुडियोमा गीत रेकर्ड गराउँदा पनि उनले पर्दा लगाएर गाउने गरेको एक रेकर्डिस्टको भनाई छ ।
गाएरै सवैभन्दा धेरै कमाउनेमध्येकी यी लोकगायिकाको जीवनशैलीमा कुनै परिवर्तन आएको छैन । जस्तो सञ्चारप्रविधिको यो युगमा उनीसँग मोवाइलसमेत छैन । उनको काठमाण्डू बसाइबारे पनि धेरै जानकार छैनन् । यति चर्चित गायिका किन गुमनाम छिन त ? किन समाजमा घुलमील भएकी छैनन ? सोसल चार्म सिर्जना गर्न चाहन्न् ?
उनीवरिपरि घुम्ने यिनै प्रश्नले नेपाली लोकगायन करिव दशकदेखि अनुत्तरित छ । बिष्णुको करिअरलाई नजिकबाट नियालीरहेका र लोकसंगीतमा सक्रिय स्रष्टाहरु उनको जीवनशैली गुमनाम हुनुको कारण मान्छन् सुन्दरमणी अधिकारीलाई ।

पेसाले लोकसर्जक सुन्दरमणी नाताले बिष्णुले बिष्णुका श्रीमान हुन् । आठ बर्षको लिभिङ् टुगेदरपछि उनले कबि डेढ बर्षअघि पोखराको एक मन्दिरममा बिष्णुसँग गुपचुप ढंगले विवाह गरेका थिए । तर, अहिले उनी विवाहको प्रसंग निकाल्न रुचाउदैनन् । विवाहबारे जिज्ञाशा राख्दा अधिकारीले झर्कदै यस बिषयमा प्रश्नै नसोध्नू भने ।
बिवाहमा सहभागी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिानका केन्द्रीय सदस्य चोलन्द्र पौडेलले पनि यस बिषयमा बोल्न मिल्दैन भन्दै फोन काटिदिए । खासमा सुन्दरमणी बिष्णुलाई कसैसँग भेटाउन वा उनका बारमा कुरा गर्न रुचाउँदैनन् । हरेक प्रश्नमा समयले नै बताउँछ भन्दै उनी यस प्रसंगबाट भरसक तर्कन खोजे । लामो तर लय नमिलेको वार्तालापपछि उनी लौ भोलि बिष्णुलाई भेटाइदिन्छु, आफै कुरा गनूर्स भन्दै छुट्टिए ।
तर अर्को दिनबाट उनी सम्पर्कमै आएनन् । दर्जनौपटक फोन र एसएमएस गर्दा पनि कुनै प्रतिक्रिया प्राप्त भएन् । यो कुरा सुनेपछि बिष्णुका दुई सय भन्दा बढी गीतका एक एरेन्जरले भने ‘बिष्णुजीसँग अहिलेसम्म मैले पाँच बाक्य बोल्न पाएको छैन अव तपाईलाई उनले कहाँ भेटाउँछन.?’

नाम चलेका देशबाट बिष्णुलाई स्टेज सोका लागि प्रस्ताव आउँदा सुन्दरमणी नकार्छन् । त्यसैले थोरै नाम चलेका कलाकारका लागि विदेश पानी पँधेरो भइसक्दा पनि बिष्णुले नेपालबाहिर पाइला राखेकी छैनन् । लोक गायक दुर्गा रायमाझी भन्छन् ‘बिष्णुले चाहेकी भए नेपाली पुगेको हरेक देशमा पुगिसकेकी हुन्थिन् । ’

लजालु स्वभावका कारण बिष्णुलृे स्टेजमा गाउन नमानेको र सामाजिक जीवनबाट टाढा रहेको भन्नेहरु पनि छन् । तर उनलाई सुरुबाटै चिन्नेहरु यो अनुमान गलत भएको दावी गर्छन । स्टेजमा पहिला गीत गाउन मौका दिने नारायण लेकाली भन्छन ‘ हो, बिष्णु केही लजालु थिइन तर स्टेजमै गाउन नसक्ने वा नमान्ने चाँही होइन् । ’
विवाह पश्चात उनीहरु पति पत्नीका रुपमा बिष्णुको माइत गएका छन की छैनन त ? बिष्णुका दाई बावुराम माझीले भने ‘आउनुहुन्छ ज्वाई सुन्दरमणी पनि कहिलेकाँही ।’

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top