इष्टमान वाइबा / जुलाई २२, कुवेत
नेपाली समाज कुवेतको साँस्कृतिक देखि लिएर हरेक चाडपर्वका अवसरमा विभिन्न किसिमका कार्यक्रमहरु हुदै आइरहेको छ भने परदेशमा पनि खेलको महत्वलाई ध्यानमा राखी नवा प्रतिभा युवा समाज कुवेतले आउदै गरेको नेपालीहरुको महान चार्ड बडा दशैको अवसरमा कुवेतमा रहेका शसक्त, क्षमतावान खेलाडीहरु र नाम चलेका क्लब बीच भलिबल खेलको आयोजना गर्ने भएको छ |
जिलिब स्थित HDFC खेल मैदानमा यहि आउदो सेप्टेम्बर २६ तारिक शुक्रबारको दिन बिहान ८ बजे देखि बडा दशैको खुशियालीमा नव प्रतिभा युवा समाज कुवेतले नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई शुभकामना आदान प्रदान गरी बडा दशैलाई भव्य रुपमा भलिबल खेलको आयोजना गरी भलिबल खेलेर मनाउने आयोजकले लाई बताएको छ |
कुवेतको नेपाली समाजमा हालसाल धेरै किसिमका कार्यक्रमहरु हुने र समय नमिल्ने हुनाले सो दिन कुनै पनी कार्यक्रम नराख्नु हुन र उक्त दिन उपस्थितिको लागि हार्दिक आहवानका साथै कार्यक्रमलाई अति उतम शान्त र रमणीय वातावरण सृजना गरी,सफल पारिदिनु भइ कार्यक्रमको सोभा बढाई दिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुमा आयोजकले अपिल गरिएको छ |

