नेपालकै ठूलो ब्यावसायिक लेयर्स कुखुरा फार्म स्याङ्जामा बन्दै

0

स्याङ्जा, श्रावण ५ । स्याङ्जाको खिलुङ् देउराली गाउँ विकास समिति वडा नं ९ स्थित ठाडाखेतमा नेपालकै सबैभन्दा ठूलो क्षमताको व्यवसायिक लेएर्स कुखुरा फार्मको निर्माण थालिएको छ ।


खिलुङ कालिका एग्रो फार्म प्रालिको नाममा सञ्चालनमा ल्याउन लागेको उक्त फार्म जर्मनीको आधुनिक प्रविधि व्याट्री केज सिस्टमबाट सञ्चालन गर्न लागिएको हो । उक्त फार्ममा दाना पानी आपूर्ति, अन्डा संकलन, कुखुराको सुली संकलन एवं व्यवस्थापन समेत स्वचालित मेसिनबाट गरिने पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।

४० रोपनी जग्गा किनेर निर्माण सुरु गरिएको फार्म सञ्चालनका लागि ३८ करोड लगानी गर्ने योजना रहेको सञ्चालकले बताएका छन् । फार्ममा एक पटकमा करिब २ लाख कुखुरा रहने छन् भने १ लाख ५० हजार अन्डा उत्पादन हुनेछ । 

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top