तीनदिनदेखी विद्युत प्रभावित हुँदा पाल्पाका एफएम रेडियोहरू बन्द भएका छन् । विहीबारदेखि पाल्पामा विद्युत सेवा अवरूद्ध छ । यहाँका सबै रेडियोले प्रशारण बन्द गरेका छन् । जिल्लाको सामुदायिक रेडियो मदनपोखरा, श्रीनगर एफएम, रेडियो मुक्तिनाथ, पश्चिमाञ्चल एफएम र परिक्षण प्रशारणमा रहेको युनिक एफएमले प्रशारण बन्द गरेका छन् ।
गुल्मी र अर्घाखाँचीका एफएमहरूकाे अवस्था पिन यस्तै छ । पाल्पाका दैनिक एवं साप्ताहिक पत्रिकाको प्रकाशन समेत प्रभावित बनेको छ । विद्युत नहुँदा ग्रामीण भेगमा मोवाइ सेवा समेत प्रभावित बनेकाे छ । पाल्पाको रामपुरमा भने विद्युत बेलाबखतमा अाउनेजाने गरेकाे र यहाँ सञ्चालित दुइवटा एफएम रामपुर एफएम र पाल्पा एफएम सुचारू रहेका पत्रकार सीता डोटेलले जानकारी दिइन् ।
स्मार्ट सेल मोवाइलको नेटवर्क बन्द भएको छ । तानसेनमै पनि स्मार्टको सेवा छैन । एनसेल र एनटिसीको पनि ग्रामीण क्षेत्रमा सेवा प्रभावित भएकाे छ ।
विद्युत प्राधिकरण कार्यालय पाल्पाका कर्मचारीले पाल्पाको झुम्सा क्षेत्रबाट विद्युत बिग्रेको करूवालाइ जानकारि दिएका छन् । तर ठ्याक्कै कहाँबाट बिग्रेको भन्ने शनिबार बिहानसम्म पत्तो लागेको छैन । विद्युत मर्मत गर्न गएका प्राधिकरण कर्मचारी नै मोवाइल सेवा प्रभावित भएर सम्पर्कविहीन हुँदा अर्को अापत परेको छ । उनीहरू सम्पर्कमा नअाउँदा विद्युत प्राधिकरणका कर्मचारी थप चिन्तामा छन् । पाल्पामा विद्युत जाने समस्या नयाँ होइन ।
पत्रकार माधव अर्यालले फेसबुकमा लेखेका छन्–
पाल्पाकाे बिजुली कथा पाल्पाकाे बिजुली बढी घाम लागे, पानी परे, झरी लागे, हावा चले, गड्याङ् गुडुङ गरे, झिलिप्प गर्दा पनि जान्छ । याे समस्याका बारेमा सराेकारवाल कसैलाइ चासाे छैन । समाचार लेख्दा पनि दिक्क लागिसक्याे । कति लेख्नु । सबैलाइ थाहा छ के लेख्नु ? तर, पानी परेन भनेकाे अलि अलि पानी पर्न थालेकाे बिजुली नभएर हैरान । तीन दिन देखि पानी परेकाे बिजुली पनि निस्दी, अरूणखाेला, तिनाउ खाेला बढेर पानीसंग संगै गएछ क्यारे । घरि घरि अाइपुग्छ क्या अचम्म । तर हिजाे ९ साउन दिउँसाे देखि गएकाे लाइन शनिबार १० साउनकाे बिहानसम्म अाएकाे छैन । लाैन खाेज्न जानु पर्ने भयाे ।
पाल्पाका प्राध्यापक भेषराज सुवेदी लेख्छन् –
नेपाल विद्युत प्राधिकरण पाल्पामा विगत ५ महिनादेखि मिटरबक्स उपलब्ध छैन । यसका कारण सयौं घर परिवारले विद्युत लाइन जडान गर्न पाएका छैनन् ।बिग्रेको देशको भत्केको चाला भनेको यहि त होलानी ।
पाल्पाको विजुलीबारे फेसबुकमा भेटिएका अरू केही टिप्पणीहरू–
पाल्पा हो यहाँ शिक्षा नै नभइ कन साक्षरता पूण जिल्ला घोषणा भएको अव पाल्लो बिजुली को हुन सक्छ, जहाँ एक घन्टा बिजली नमीलेपिन बिजली मुक्त जिल्ला घोषणा नगर्लान भन्न सकिन ।
विधुत कार्यलयका महोदय यो गर्मीमा सिरक ओढेर नबस्नु न हामीलाइ सास्ती भयो ।
विद्युत नहुँदा फेसबुक अनलाइनमा देखिने निकै कम छन् । कार्यलयको काम प्रभावित बनेका छन् । सञ्चारकर्मीले खबर बनाउन र पठाउन पाएका छैनन् । यहाँका साना उद्योग र व्यवसायमा समेत असर परेको छ ।
