
रोजगारीको सिलसिलामा युएर्इ पुगेका पाल्पाबासी नेपालीहरूको संस्था पाल्पाली जनसेवा समाज युएईको पदाधिकारी चयन गरिएको छ । विशेष भेलाले गीता मणि पाण्डे संयाेजक रहनेगरी उपाध्यक्षमा खुम बहादुर आले, कृष्ण आचार्य र बिकाश थापा मगरलाइ उपाध्यक्षको जिम्मा तोकेको छ । राजु सिंजाली महासचिव र सचिवमा खेमराज कोटी चयन भएका छन् ।
मन सारु र ओम कुमारी क्रमशः सह सचिब र महिला संयोजक मनोनयन गरिएको छ । एसियाको सबैभन्दा ठुलो त्रिसुल रहेको पाल्पाको भैरब स्थान मन्दिर, पर्यटकीय स्थल रानीमहल, श्रीनगर, धार्मिक छेत्र रिडी, रम्भा देवी, सत्यवती जस्ता महत्व बोकेका स्थानहरुको परिचय गराउने उद्धेश्य बोकेर गठन गरिएको यो समाजको सदस्यहरुमा प्रेम ढेंगा मगर, कुलबहादुर, बिष्णु घर्ति , नरेन्द्र दिस्वा, झमान सिं, मुक्त गाहा, मान बहादुर, जित बहादुर, जोतिलाल गैरे, लाल बहादुर, मुरारी पौडेल र राज गैरे रहेका छन् ।
विदेशको भूमिमा आफ्नो श्रम बेचिरहेका पाल्पालीहरुको हक हित र समस्याहरुलाई सम्बोधन गर्ने उदेश्य राखेर गठन गरिएको यो समाजले आगामी दिनमा पाल्पालीहरुवीच मित्रता कायम गर्ने, स्वदेश तथा बिदेशमा विभिन्न कारणबाट बिपत्तिमा परेका मानबिय हितका लागि प्रतक्ष्य वा परोक्ष रुपमा सक्रिय रहने उद्देश्य रहेको संयोजक गीतामणी पाण्डेले बताए ।
