धेरै गहना लगाउँदा सवा करोड जरिवाना

0
७ साउन, काठमाडौं । धेरै गहना लगाउन सौखिन एक तान्जेनियन व्यापारीले नेपालमा ठूलो मूल्य
चुकाउनुपरेको छ । नेपालको राजस्वले उनको गहना जफत गरी करिब सवा करोड रुपैयाँ जरिवाना तिराएको छ । दुई किलो पाँच सय ६० ग्रामबराबरको नेक्लेस, ब्रासलेटलगायतका गहनासहित पक्राउ परेका तान्जेनियाका व्यापारी अलनोर रहमान गुलाम हुसेनको सबै गहना जफत गरी राजस्व अनुसन्धान विभागले उनलाई एक करोड नौ लाख ९३ हजार दुई सय ९६ रुपैयाँ जरिवाना तिराएको नयाँ पत्रिकामा खबर छ । पोखरा जाने क्रममा उनी १९ असारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । अनुसन्धानका क्रममा सोखले हुसेनले गहना लगाएको, तर नेपाल आएलगत्तै भन्सारमा उल्लेख नगरेकाले प्रहरीले उनलाई पक्राउ गरी राजस्व अनुसन्धानमा पठाएको थियो । भारत हुँदै घुम्नका लागि नेपाल आएका हुसेन केही दिन काठमाडौं बसेर पोखरा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकिङमा पक्राउ परेका हुन् । 
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top