कलाकार टिमलाई कुवेतमा भव्य स्वागत

0

हिजो जुलाई २८ तारिक रातको ठिक १२:३० बजे नेपाली सिनेमा जगतका चर्चित हास्य कलाकारहरु  सिताराम कट्टेल “धुर्मुस”, कुन्जना घिमिरे “सुन्तली”, सुरज चापागाई “बान्द्रे”, चर्चित पप आधुनिक गायक प्रमोद खरेल र गायिका एवं नृत्यांगना तृप्ति खड्का झापाली समाजले गर्ने २ दिने च्यारिटी शो को लागी कुवेत आईपुगेका छन भने कलाकारलाई कुवेतमा रहेका नेपालीहरुले विमानस्थलमा भब्य स्वागत गरेका छन |


कुवेत नेपाली समाजमा भर्खरैमात्र स्थापना भएको नयाँ संस्था झापाली समाज कुवेतले झापा जिल्लामा एम्बुलेन्स र शब बाहान संचालन गर्न सहयोगार्थ च्यारिटी शोको लागि नेपालबाट आउनुहुने अथिति कलाकारहरु चर्चित ख्यातिप्राप्त कलाकारहरुलाई कुवेत विमानस्थलमा कुवेतमा क्रियाशील नेपाली विभिन्न संघ संस्थाका पदाधिकारीहरु,बुद्धिजिबी समाजसेवी,पत्रकार लगायत १०० जना भन्दा बढीको उपास्थिति रहेको उक्त स्वागत कार्यक्रममा अथिति कलाकारलाई फुलमालाका साथ खादा र दोसल्ला ओडाएर भब्य रुपले स्वागत गरिएको थियो |

उक्त २ दिने च्यारिटी शो कार्यक्रममा सहभागी भई सफल पार्न आयोजकले सबैमा आग्रह गरेको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top