वैशाखदेखि साधारण चेक विस्थापित हुने

Unknown
0
 २०७१ साउन, १३ मंगलबार
काठमाडौं : बैंक तथा वित्तीय संस्थाले आगामी वैशाखभित्रमा अहिलेको साधारण चेक पूर्ण रूपमा विस्थापित गर्नुपर्ने भएको छ। राष्ट्रबैंकले गरेको व्यवस्थाअनुसार अहिलेको साधारण चेकबाट वैशाखउता रकम साट्न पाइने छैन।

यसका लागि बैंक तथा वित्तीय संस्थाले आगामी वैशाखभित्रमा नयाँ चेक जारी गरिसक्नुपर्नेछ। राष्ट्रबैंकले जारी गरेको निर्देशिकाअनुसार आगामी वैशाखदेखि अहिलेको चेकबाट ग्राहक ले आफ्नो खातामा रहेको पैसा साट्न सक्ने छैनन्। राष्ट्रबैंकले विद्युतीय चेक राफसाफ प्रणाली लागू गर्न यस्तो व्यवस्था गर्न लागेको हो।

राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थामा मेसिनले पढ्ने चेक प्रणाली लागू गरिसकेको छ। राष्ट्रबैंकले सोमबार लागू गरेको निर्देशिकामा विद्युतीय चेक प्रणाली कार्यान्वयन गर्नका लागि समय सिमा तोकेको छ। राष्ट्रबैंकले जारी गरेको निर्देशिकाअनुसार आगामी कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाले मेसिनले पढ्न मिल्ने चेक (एमआईसीआर) जारी गर्नुपर्ने छ।

राष्ट्रबैंकले जारी गरेको निर्देशिकाअनुसार आगामी कार्तिकसम्म‍मा बैंक तथा वितीय संस्‍थाले मेसिनले पढ्न मिल्‍ने चेक (एमआइसीआर) जारी गर्नुपर्नेछ।
वैशाखभित्रमा मेसिनले पढ्न नमिल्ने चेक ग्राहकबाट फिर्ता ल्याउनुपर्ने हुन्छ। विद्युतीय चेक प्रणालीलाई राफसाफ गर्न स्थापना गरिएको नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधानले अहिले एक सय २८ बैंक तथा वित्तीय संस्थाले मेसिनले पढ्न सकिने चेकको व्यवस्था लागू गरिसकेको जानकारी दिए।

'मेसिनले चेक पढ्ने भएकोले विद्युतीय प्रणालीको चेक राफसाफमा अहिलेको जस्तो कारोबारको लगत राख्‍नुपर्ने झन्झट हुँदैन।, उनले भने, 'चेक मा साट्न लागिएको रकम सीधै मेसिनले पढ्न सक्ने छ।'
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top