गजल: सपना देखाई दिन्छ यहा

0
दलालीले बिदेश जान ,सपना देखाई दिन्छ यहा
नाना थरी लोभ देखाउदै ,ठुलो रकम लिन्छ यहा

भने जस्तो काम हुन्न,दाम हुन्न,नाम हुन्न प्रदेश
खट्नु पर्छ दिन भरी,बिहानै माम बोकि हिन्छ यहा

काटेको पाइन्ट,फाटेको चप्पल,काधको झोला सँग
प्रदेशमा हामी नेपाली,घृणा तिरस्कारले चिन्छ यहा

रहर कस्लाई थियो होला ,आखा मिच्दै पकाउन
कष्ट छदैछ,छैन पिउने पानी बाटोमा किन्छ यहा

मेल मिलाप मान मर्यादा,केही छैन ठुलो सानोमा
मतलबको निम्ति,अरुको हक तोड्न उछिन्छ यहा

तारा थापा मगर
केवरेभङज्याङ ६ ताप्के स्याङजा
हाल=मलेशिया ०११३६५१२१७३
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top