तमाम ती सपनाहरु अधुरै अपूरै रह्यो

0

भिडियो हेर्न बायाँतर्फ बजिरहेको रेडियो अफ गर्नुहोला ।

तमाम ती सपनाहरु अधुरै अपूरै रह्यो
तिमीप्रति मलाई निकै–निकै नै भरोसा थियो

दुनियाँले भन्ने गर्थे सपना त झुटो हुन्छ  
सपनामा हाँस्ने मान्छे विपनामा सधैं रुन्छ 
छिनमै रंग फेर्ने मायाँ छातीभित्र बल्झिरह्यो
तिमीप्रति मलाई निकै–निकै नै भरोसा थियो

बर्षातको झरीसरि आँखा मेरा रसाउँछन्  
हेर्छु सधैं तस्बीर तिम्रो यादहरुले सताउँछन् 
थामिएन आँसु मेरो अविरल बगिरह्यो
तिमीप्रति मलाई निकै–निकै नै भरोसा थियो

तमाम ती सपनाहरु अधुरै अपूरै रह्यो
तिमीप्रति मलाई निकै–निकै नै भरोसा थियो
तमाम ती सपनाहरु अधुरै अपूरै रह्यो 

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top