एक होलान त नेपालका माओबादी ?

0
माधब पनेरु,पोखरा  ।

नेपालमा फुटबाट गुज्रेको माओबादी यतिबेला एकताको चर्चामा रहेका छन । माओबादी या कम्युनिष्ट पार्टीहरुको एकता भनीए जस्तो सजिलो नभएपनि हाल सम्म भएका घटनाक्रम र नेपालमा माओबादीहरुले पाएको धक्काले जवरजस्ती एकताको स्थानमा पु¥याएको देदिन्छ ।

कार्यगत एकता गरेका बिभिन्न पाँच वटा माओबादी पार्टीहरु बिचको पार्टी एकता कसरी हुने भन्ने बिषयमा भने स्वयं एकता गर्न लागिएको भनिएका पार्टिहरुले पनि बताएका छैनन । कस्तो मोडेलमा एकता गर्ने भन्ने सन्र्दर्भमा कुरा मिल्नसक्ने संभावनाको बारेमा भने धेरै अडकल गरिएको छ ।
पछिल्लो समय सबै भन्दा बढी एकतामा जोड दिने गरेका एकिकृत नेकपा (माओबादी ) का अध्यक्ष प्रचण्ड संग पनि एकताको मोडल नभएको नेकपा – माओबादीका एक नेताले बताए ।
आफुहरुले पद त्याग गर्न नसक्ने अनि अरुलाई मात्र एकता गरौ भनेर हुदैन ति नेताले भने । बिचार मिलाउने बिषयमा गहन छलफल भएकै छैन , हावामा गरिएको कुरामा आधारित रहेर बिष्लेषण गर्न नमिल्ने माओबादीका नेताहरुको प्रतिकृया छ ।
आज माओबादी पार्टीहरुको राजनितिक ऐजेन्डाको आधारमा कार्यगत एकताको गृहकार्य र राजनितिक दलको मोर्चाको नाम टुगो लगाउने बताईएको छ । एकिकृत माओबादीको मुख्यालय पेरीसडाँडामा बस्ने माओबादी पार्टीहरुको बैठकले नाम र क्षेत्राधिकार ताक्ने यस अघि नै बसेको संयुक्त बैठकले नै निणर्य गरिएको थियो ।
आजको बैठकमा पुष्पकमल दाहालले प्रस्ताव गरेको राजनितिक मोर्चा र नेकपा – माओबादीका अध्यक्ष मोहन बैद्यले प्रस्ताव गरेको संयुक्त राजनितिक संघर्ष समिति मध्ये एउटाको बारेमा सहमति गरिनेछ ।
नामको टुगो संगै मोर्चाको संयन्त्र कस्तो बनाउने भन्ने बारेमा पनि बैठकले अन्तीम टुंगो लगाउनेछ ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top