काठमाडौँ, ९ असार
संविधानसभाको उपनिर्वाचन २०७१ मा काठमाडौं क्षेत्र नं. २ मा पनि नेपाली कांग्रेसका दिपक प्रसाद कुइँकेल विजयी भएका छन् । उनले १४ हजार १ सय ६६ मत ल्याए भने उनका निकट्तम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले १० हजार १ सय मत प्राप्त गरेका छन् ।
त्यस्तै एमाओवादीका लीलामणि पोख्रेलले ३ हजार ५ सय ५६ मत प्राप्त गरे । संविधानसभाको उपनिर्वाचन २०७१ मा नेपाली कांग्रेसले काठमाडौँ २ सहित चितवन ४ र कैलाली ६ गरी तीन स्थानमा विजयी हासिल गरेको छ भने एमालेले बर्दिया १ मा मात्रै जीत हासिल गरेको छ ।
एमालेले गत मङ्सिरमा सम्पन्न संविधानसभाको दोश्रो निर्वाचनमा जितेको काठमाडौँ २ यो पटक भने गुमाउन पुगेको छ । एमाओवादी सबै ठाउँमा हारेर उप निर्वाचन सुन्यमा झरेको छ ।
