प्रम कोइराला अमेरिका प्रस्थान

0
प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि सोमबार साँझ ८:४५ बजे संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री कोइराला अमेरिकाको न्यूयोर्कस्थित स्लोन मेमोरियल अस्पतालमा स्वास्थ्य उपचारका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

केही दिनअघि मात्र प्रधानमन्त्री कोइरालाको स्वास्थ्य जाँचका क्रममा फोक्सोमा सानोे दाग देखिएपछि त्रिवि शिक्षण अस्पतालका चिकित्सक टोलीले सुविधा सम्पन्न अस्पतालमा थप उपचारका लागि सिफारिस गरेको थियो ।

विगतमा जिब्रोको क्यान्सरको अमेरिकामा शल्यक्रिया गराएपछि प्रधानमन्त्री कोइरालाले नियमित अनुगमन परीक्षण गराउँदै आउनुभएको छ ।

प्रधानमन्त्री कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू, सरकारी पदाधिकारीहरूले विदाई गर्नुभएको थियो ।

प्रधानमन्त्री कोइरालाका साथ उहाँका निजी चिकित्सक प्राडा करवीरनाथ योगी लगायत रहनुभएको छ ।

विमानस्थल जानु अघि प्रधानमन्त्री कोइराला राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभई राष्ट्रपति डा रामवरण यादवलाई आफ्नो स्वास्थ्य उपचार बारेमा जानकारी गराउनुभएको थियो ।

अमेरिकी उड्नुअघि प्रधानमन्त्री कोइरालाले संचारकर्मीहरुसंग राष्ट्रपति रामवरण यादवले स्थीर सरकार र जिम्मेवार राजनीतिक दल तथा नेता भएकाले ढुक्क भएर स्वास्थ्योपचारमा जान सल्लाह दिनुभएको जानकारी दिनुभयो ।

त्यस क्रममा उहाँले आफ्नो उपचारमा हप्ता–दस दिन समय लागे पनि यसबीचमा राज्य सञ्चालनमा सरकारका साझेदार दलहरूबीचमा रहिआएको उच्चस्तरको समन्वय कायम रहने र संविधानसभा र व्यवस्थापिका संसदका बैठक सञ्चालन हुने बताउनुभयो ।

यसअघि आइतबार नै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कोइरालाको अनुपस्थितिमा सरकारका कामकाजमा अवरोध आउन नदिन उपप्रधानमन्त्री बामदेव गौतमलाई कार्यवाहकको जिम्मेवारी तोकेको थियो ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top