३ रुपैयामा सय एसएमएस

0
निजी क्षेत्रको ठूलो दुरसंचार सेवाप्रदायक कम्पनी एनसेलले जारी विश्वकप फुटबलको अवसरमा ग्राहकका लागि ३ रुपैयाँमा हरेक दिन सय वटा एसएमएस पठाउन सक्ने सुविधा दिएको छ । कम्पनीले मज्जाको एसएमएस प्याक नाम योजना अन्तर्गत मंगलबारदेखि लागू गर्दै ग्राहकलाई यो सुविधा दिने भएको छ ।

नेपालमा यति सस्तो दरमा एसएमएस सुविधान दिने एनसेल पहिलो कम्पनी रहेको समाचार कारोबार दैनिकमा छ । विश्पकप फुटवलका बेला बढ्दो संचार आवश्यकतालाई पूरा गर्न यो याजना ल्याएको एनसेलले जनाएको छ ।

प्याक अन्तर्गत एनसेलका ग्राहकले करबाहेक ३ रुपैयाँमा दैीनक एसएमएस प्याक, १८ रुपैयाँमा साप्ताहिक र ५४ रुपैयाँमा मासिक एसएमएस खरिद गर्न सक्नेछन् । यो प्याक अवधिभर अर्को एनसेल नम्बरमा दैनिक सयवटा एसएमएस पठाउन सकिनेछ । १ दिनमा सयभन्दा बढी एसएमएस पठाए नियमित शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top