आर्थिक विवरण प्रस्तुतपछि च्यारिटीबाट संकलित रकम पठाउने निर्णय

0
नारायण रपाल विश्वाकर्मा,
बहराईन / असार, २
नव बर्ष २०७१ सालको सुखद उपलक्ष्यमा शुभ कामना स्वरुप रबि भवन काठमाडौमा अवस्थित आमा घर बृद्ध आश्रम र स्याङ्जा पेल्काचौरको श्री मनकामना माध्यामिक बिध्यालयको सहयोगको लागि नेपाली कलाकार समूह बहरार्इृनले गत अप्रिल १७ तारिक डेल्मोन ईन्टरनेश्नल होटेलमा आयोजना गरेको च्यारिटी साँस्कृतिक कार्यक्रम बाट उठेको आय-व्ययको सम्पुर्ण विवरण मा छलफल गर्दै सर्ब सहमती बाट सम्बन्धित निकाय सम्म पुर्याउने निर्णय गरेको छ ।

यही जुन १३ तारिक का दिन नेपाली क्लब बहराईन को सभा हल मा बहराईन मा स्थापित बिभिन्न संघ सस्था का प्रतिनिधि हरु को उपस्थितिमा  नेपाली कलाकार समुह बहराईन ले एक भेला बोलाई उक्त
निर्णय गरेको हो । कलाकार समुहका अध्यक्ष कर्ण थापा मगर को सभापतित्वमा सम्पन्न भएको उक्त भेला को सन्चालन कार्यक्रम संयोजक दीपक गुरुङ ले गरेका थिय ।

भेला को निर्णय अनुसार च्यारिटी कार्यक्रम बाट आएको आय तथा बिभिन्न संघ, सस्था, ब्याक्ती बाट प्राप्त सहयोग बाट आमा घर बृद्ध आश्रम लाई करिव नेरु ८१००० का दर ले बहराईनी दिनार ३२५.००० एंब स्याङ्जा पेल्काचौरको श्री मनकामना माध्यामिक बिध्यालयलाई नेरु ८१००० कै हिसाब ले बि.डि.३२५.००० पठाउने निर्णय गरेको छ । उक्त कुल रकम बि.डि.६५०.००० कार्यक्रम संयोजक दीपक गुरुङले पठाउने र संबन्धित ठाउँ सम्म पुर्याउनलाई भुमिका निर्वाह गरि रकम बुझेको भरपाई चाडै संचार माध्यम हरु मार्फत प्रस्तुत गर्ने एंब कलाकार समुह का अध्यक्ष कर्ण थापा मगर लाई बुझाउने पनि निर्णय गरेको छ । साथै कार्यक्रम अबधिभरको सम्पुर्ण अभिलेख सहितको बुक, आयव्ययको विवरणको साथमा कलाकारहरु एंब कलाकार समुहको लागी विभिन्न संघ संस्था र ब्यक्तिगत रुपमा दिएको रकमको समेतको हिसाब गरि कलाकार समुह का कोषध्याक्ष अशिम महत लाई कार्यक्रम संयोजक दीपक गुरुङ् द्वार बुझाईएको थियो ।


सोही अवसरमा झापा जिल्ला दुवागढी-४,चराली घर भएका कलाकार समूहका सकृय सदस्य अरुण के.सी. कि हजुरआमा मनमाया राउत क्षेत्री बिगत लामो समय देखि घाँटीको श्वास नलीमा भएको क्यान्सरले ग्रसित भएको हुँदा वहाँको स्वास्थ उपचारमा केही सहयोग पुगोस भनि बि.डि २१.००० र मोरङ जिल्ला घर भएका बद्री नारायण खाँ गत महिना स्काफोल्डिङ बाट खसेर एउटा खुट्टा भाँचिएर उपचार पछि पैसाको अभाबको कारण घर फर्कन नसकेको हुँदा निज लाई सहयोग स्वरुप बि.डि ११.००० प्रदान गरिएको जानकारी नेपाली कलाकार समुह का अध्यक्ष कर्ण थापा मगरले जानकारी दिनु भएको थियो । भेलामा कलाकार समुहका साँस्कृतिक सचिब राम गुरुङ(नृत्यकार) एंब साँस्कृतिक सचिब राजन सुवेदी(गायक) लगायतको उपस्थिती रहेको थियो ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top