नेता शिक्षकले पढाएको विद्यालयको नतिजा लाज मर्दो

0
लमजुङ ९ असार ।
नेता शिक्षकले अध्यापन गराउँदै आएको विद्यालयको नतिजा नराम्रो मात्र होइन, लाजमर्दो पाइएको छ । पेसागत शिक्षक संघ संगठनका अध्यक्ष लगायत जिम्मेवार पदमा रहेर काम गरिरहेका नेता शिक्षकले पढाएको विद्यालयको नतिजा निकै खस्किएको पाइएको छ ।
प्रवेशिका परीक्षा २०७० को नतिजाले लमजुङका अधिकांश नेता शिक्षकको विद्यालयको नतिजा खस्केको पाइएको छ । आजको कारोबार दैनिकले समाचार छापेको छ ।
यो नतिजाले परिणामले नेता शिक्षकहरु अध्यापनमा तल्लिन भए या राजनीतिमा भन्ने प्रश्न उब्जाएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय पार्षद एंव पूर्वअध्यक्ष तीर्थ बस्नेत प्रधानाध्यापक रहेको खुदीस्थित अमर उच्च माविको नतिजा राम्रो आउन सकेन । ५० जना विद्यार्थीले प्रवेशि परीक्षा दिएकोमा ३० जना मात्रै उत्तीर्ण भए ।
यस्तै अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष ऋषिराम चापागाइँले अध्यापन गराइरहेको लमजुङ उच्च मावि गाउँसहरबाट ४९ जना विद्यार्थीले परीक्षा दिएकोमा ९ जना मात्रै सफल भएका छन् ।
यता नेपाल शिक्षक संघ लमजुङका अध्यक्ष शिव अधिकारीले अध्यापन गराउने जनविकास उमावि बेँसीसहरबाट ८७ जना विद्यार्थी सहभागी भएपनि चौथाइभन्दा कम १८ जनामात्र उच्च शिक्षाका लागि योग्य भए । प्रतिशतलाई आधार मान्दा यो संख्या परीक्षामा सामेल विद्यार्थी संख्याको २० दशमलब ६९ प्रतिशत हुन आउँछ ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top