प्रधानमन्त्री असार ३ मा अमेरिका जाने

0
काठमाडौ, जेष्ठ ३० - प्रधानमन्त्री सुशील कोइराला आउने असार ३ (जून १७) मा उपचारका लागि अमेरिका जाने भएका छन् । त्रिवि शिक्षण अस्पतालमा परीक्षण गर्दा फोक्सोमा कालो दाग देखिएपछि चिकित्सकहरूले उनलाई अमेरिका जान सिफारिस गरेका थिए । उनी लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित छन् ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कोइरालालाई असार ३ मा अमेरिका पठाउने र सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । अमेरिकाको अस्पतालमा जून १९ (असार ५) मा चिकित्सक भेट्ने समय मिलेपछि प्रस्थान कार्यक्रम तय गरिएको हो ।

प्रधानको उपचार खर्च बेहोर्ने

सरकारले एमाले नेतृ एवं पूर्वमन्त्री साहना प्रधानको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णयसमेत गरेको छ । उनी वयोधा अस्पतालमा उपचाररत छिन् । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा पूर्वसचिव बाबुराम आचार्यलाई नियुक्त गरेको छ । उनलाई राज्यमन्त्री सरहको सुविधा पाउने गरी नियुक्त गरिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएका छन् ।

Source: Kantipur
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top