पार्टीलाई सही दिशामा हाँक्न उम्मेदवारी : नेपाल

0
कञ्चनपुर, ३० जेठ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई सही दिशामा हाँक्न आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन । प्रेस चौतारी नेपाल कञ्चनपुराद्वारा शुक्रबार महेन्द्रनगरमा आयोजित पत्रकारसम्मेलनमा नेता नेपालले भने–“मेरो अध्यक्षमा उम्मेदवारी पार्टीलाई नयाँ
दिशामा डोर्‍याउने हो ।”
नवौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा कार्यकर्ता भेटघाटमा यहाँ आएका नेता नेपाले पत्रकारसम्मेलनमा एमाले पार्टीलाई जोगाउन अध्यक्ष बन्न लागेको स्पष्ट पारे ।
पार्टी रूपान्तरका लागि पनि नीति र नेतृत्वमा रूपान्तरण आवश्यक रहेको उनको भनाइ छ । नेतृत्व सही हुनुपर्छ, तब मात्रै पार्टीलाई अगाडि बढाउन सकिन्छ”– उनले भने वरिष्ठ नेता नेपालले पार्टी नेतृत्वमा ध्यान दिनसमेत कार्यकर्तालाई आग्रह समेत गरेका छन ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top