केन्यामा विद्रोहीको आक्रमणमा परी ४८ मारिए

0
काठमाडौं, ३ असार ।
केन्याको तटीय सहर पेकेतोनीमा शंकास्पद इस्लामिक विद्रोहीको आक्रमणमा परी कम्तिमा ४८ जना मारिएका छन् । स्थानीय होटल र प्रहरी चौकीमा लामो समयसम्म चलेको गोली हानाहानपछि उनीहरु मारिएका हुन् ।
आक्रमणमा धेरै भवनहरु जलेर ध्वस्त भएका छन् । आक्रमणपछि लडाकुहरुले प्रहरीको हातहतियार र सवारीसाधनसमेत लुटेर लगेका छन् ।

आक्रमणकारीले भ्यान जर्बजस्ती आफ्नो नियन्त्रणम सहरका विभिन्नमा आक्रमण गरेका थिए । आक्रमणकारीको पहिचान नभएपनि उनीहरु अल सबाब समूहका लडाकु रहेको हुनसक्ने नाइजेरियाली सेनाले जनाएको छ ।

सन् २०११ मा सोमालियाका अल सबाब लडाकुहरु विरुद्धको कारबाहीमा केन्याली सेना उत्रिएपछि केन्या लगातार लडाकुहरुको आक्रमणको निशानामा पर्दै आएको छ । (एजेन्सी)

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top