पर्यटन विकासका लागि नेपाल–भारत मैत्रिपुर्ण खेल

0

पोखरा, ९ असार /खेल पर्यटनको विकासका लागि पोखरामा नेपाल–भारत मैत्रिपुर्ण हेन्डवल प्रतियोगितामा सम्पन्न भएको छ । पोखराको लेकसाईडमा भएको प्रतियोगितामा नेपालको आर्मी स्कुलका दुई र भारतको पञ्जावका दुई सिनियर र जुनियर टिम विच भएको थियो । दुवै प्रतियोगिता भारतले जितेको छ । भारतको सिनियर टिमले नेपालको सिनियर टिमलाई पाँचका विरुद्ध १२ गोलको अन्तरले जित्यो भने जुनियर टिमले पनि १९ का विरुद्ध २४गोल अन्तरले जित्यो । पोखराको उदायमान पर्यटकीय कम्पनी ग्रिन ग्लोव कम्पनी अन्र्तगत संचालित होटल टच नेपाल र राजस्थान टुर्स एण्ड ट्राभल्सको संयुक्त आयोजनामा प्रतियोगितामा सम्पन्न भएको हो ।

खेल समापन समारोहमा भारतका टिम प्रशिक्षक हरजीतले पोखरा जस्तो स’न्दर नगरीको फेवातालको किनारामा खेल खेल्न पाउँदा निकै ख’सी लागेको धारणा व्यक्त गरे ।
उनले फरक फरक स्थानमा आएर खेल खेल्दा खेलाडी र समग्र टिमकै मनोवल वढ्ने धारणा राखे । कार्यक्रममा आयोजक टच नेपालका निर्देशक विवेक पौडेलले पर्यटन भनेको व्यवसायीको नाफा भन्दा पनि आपसि सम्वन्ध ठुलो भएकाले नेपाल भारत विचको सम्वन्धका लागि प्रतियोगिता आयोजना गरेको जानकारी दिए । उनले भने –‘हामीले राजस्थान ट्राभल्स सँग मिलेर नेपाल र भारतमा समेत हुने सवै खालका खेलकुद प्रतियोगिताहरु संचालन गर्ने सोचका साथ अगाडी वढेका छौं ।”
अर्का आयोजक राजस्थान टुर्स एण्ड ट्राभल्सका संचालक सन्तोष श्रेष्ठले आउदा दिनमा भारतीय क्रिकेट वोर्ड सँग सहकार्य गरेर क्रिकेट प्रतियोगिता गर्ने तयारी भएको जानकारी दिए । उनले भने–“हामीले तत्कालै ईन्डो नेपाल २०–२० क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेका छौं, त्यसको लगत्तै भारतिय क्रिकेट वोर्डसँग मिलेर नेपालमा खेल पर्यटनको विकासका लागि काम गर्ने सोच वनाएका छौं ।’
संस्थाले यस अगाडी पनि भारतका विभिन्न टिमहरु सँग मिलेर लंगडी खेल, क्रिकेट, भलिवल, फुटवल, वास्केटवल, रस्साकस्सी लगायतका खेलहरु संचालन गरिसेकेको छ । खेलकुदको माध्ययमवाट पर्यटनको विकासका लागि भारत र नेपालमा प्रचलनमा रहेका जुनसुकै पनि खेल संचालन गर्ने राजस्थान टुर्स एण्ड ट्राभल्सका संचालक श्रेष्ठले जानकारी दिए ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top