कास्की । सामुदायिक रेडियो सराङ्कोट १०४.६ मेघाहर्जमा कार्यरत पत्रकार कमल पौडेललाई पोखरा उप–महानगरपालिका कार्यकारी प्रमुख झलकराम अधिकारीले गरेका भ्रष्टाचार विरुद्द समाचार बाचन गरेको भन्दै दबाबमा हटाईएको छ । जुजारु युवा पत्रकार पौडेलले उप–महानगरपालिकामा भएका भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका थिए भने पछिल्लो समयमा अख्तियारले छापा मारेर महत्वपूर्ण कागजात जफत गरेको विषयमा रेडियो सराङ्कोट १०४.६ बाट समाचार बाचन गरेका थिए । उपमहानगरका प्रमुख कार्यकारी अधिकारीको दबाव रेडियोमा परेपछि पत्रकार पौडेललाई हटाईएको हो । आफुलाई समाचार प्रमुखबाट हटाएपछि तत्काल त्यसको विरोध गर्दै पत्रकार पौडेलले वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचनाको हक हनन भएको भन्दै एक विज्ञेप्ती प्रकाशित गरि कडा आपत्ति जनाएका छन् ।
यस्तो लखेको छन् पत्रकार पौडेलले विज्ञेप्तीमा:
समाजको हितको लागि पत्रकारिता गरिन्छ । न यो पेशा हो न त यो व्यवसाय नै । पत्रकारिताको माध्यमबाट समुन्वत समाजको लागि हरदम वकालत गरिन्छ । पोखरामा रहेर झण्डै ढेढ दशक रेडियो तथा छापा माध्यममा अभ्यस्त रहेको मैले पछिल्लो सयममा सामुदायिक रेडियो सराङकोट १०४.६ मेघाहर्जमा समाचार प्रमुखको हैसियतमा काम गर्दै आएको थिए । रेडियोले दिएको जिम्मेवारी अनुसार समाचार प्रमुखका हैसियतले मैले मेरो कलम स्वतन्त्र र निर्भिक रुपमा चलाउँदै आफ्नो पदीय दायित्व निर्वाह गरेको थिए । विगतमा तत्कालिन अख्तियार प्रमुखलाई नै प्रभावमा पारि नगरपालिका कार्यालयका प्रमुख झलकराम अधिकारीले गरेका वद्नीयत पूर्ण कामको उजागर गर्न मैले स्वतन्त्र कलम चलाउँदै आएको आमनागरिकलाई जानकारी भएकै कुरा हो । पोखरामा रहेका २२ भन्दा बढी रेडियोमा सवै भन्दा पहिला विहान साँढे ५ वजेको सराङ्कोट शुभखवर यो रेडियोमा विगत ४ वर्षदेखि मेरै पहलमा सञ्चालन हुँदै आएको थियो । पछिल्लो समयमा पोखरा उपमहानगरपालिका कार्यालयका प्रमुख कार्यकारी अधिकृतका कर्तुतका वारेमा मेलै निर्भिकताका साथ आफ्नो कलम चलाएको थिए । मेरो प्रस्तुतिलाई मन पराईदिनु हुने आमश्रोता महानुभावप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तर अफ्सोच मलाई वारम्वार नगरपालिका कार्यालयका केही कर्मचारीको तर्फबाट समाचार प्रसारण गरेको वारेमा धम्की आउने गरेको थियो । स्वयम् कार्यकारी अधिकृतको निर्देशनमा नगरपालिकाका केही ट्रेड युनियन घटक कर्मचारीहरुले मेरो समाचार प्रस्तुतिमाथि विगत लामो समयदेखि निगरानी गर्दै आएका थिए । उनीहरुले रेडियोका सञ्चालकलाई धम्क्याउनेलगायत म माथि विभिन्न विचौलीया व्यक्तिहरु घाट कुर्न लगाउने प्रयास गरेपछि मैले मेरो सुरक्षाको लागि मेरा समाचार प्रति निगरानी गर्नेहरुको नाम सहितको समाचार सामाजिक सञ्जाल फेसवुकमा समेत प्रेषण गर्दैै आएको थिए , किनकी आफनो सुरक्षाका लागि त्यो मेरो बाध्यता बनेको थियो । विहीवार करिव १२ वजेको समयमा नगरपालिका केही कर्मचारीहरुले रेडियोको कार्यालय घेराउ गरि रेडियोको विहानी समाचार रोक्न दवाव दिएर समाचार रोक्न लगाईएको छ । नगरपालिकाका भ्रष्ट कर्मचारीहरुको दवावमा परि रेडियोले समाचार प्रमुख जस्तो व्यक्तिसँग परामर्श नै नगरी ब्यबस्थापन पक्षले विहानी शुभ समाचार नै कटौटी गरेको जानकारी गराउनु पर्दा रेडियो पत्रकारिता माथिको निरिहता उदाङ्गो भएको छ । भ्रष्टहरुको आर्थिक लालसामा परि विहानी समाचार कटौती गरेर समाचार रोक लगाउनू प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता माथिको प्रहार भएको ठहर गर्दै यस्तो कार्यको घोर भ्रत्र्सना गर्न चाहन्छु । साथै भ्रष्टहरुको यो कथित दवाव र धम्की वीचमा कत्ति पनि विचलित नभई देश र समाजको हितमा पत्रकारिता गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।
सामुदायिक रेडियो सराङ्कोट १०४.६ मेघाहर्जमा, पत्रकार कमल पौडेल
