नेपालका माओवादीबारे भारतीय प्रधानमन्त्रीको चासो मोदीले अमरेशलाई सोधे -माओवादीले हिंसा त्यागेकै हुन् त ?

0
३० जेठ, काठमाडौं । नेपाली राजनीतिमा भविश्यवेत्ता अक्टोपसको उपमाले चर्चामा आउने गरेका कांग्रेस सभासद अमरेशकुमार सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर नेपालका माओवादीबारे बि्रफिङ गरेका छन् । भारतीय संस्थापनका निकट मानिने अमरेशले भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री निवास सेभेन रेस कोर्षमै २० मिनेट भेटेर नेपालका माओवादीको बारेमा विशेष ब्रिफ गरेको हिन्दु
स्तान टाइम्सले लेखेको छ ।
सपथग्रहणपछि नेपाली समकक्षी सुशील कोइरालासँग शिष्टाचार भेटपछि पहिलो पटक नेपालका सभासदसँग भेटेका मोदीले नेपालका माओवादीबारे विशेष चासो राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ’नेपालका माओवादीले हिंसा पूर्णरुपमा त्यागेका हुन् ?’ अमरेशलाई मोदीको प्रश्न उधृत गर्दै हिन्दूस्तान टाइम्समा प्रशान्त झा लेख्छन् ‘मोदीले नेपालको संविधान लेखन प्रक्रियाका बारेमा पनि चासो राखेका थिए’ । यसैवीच नेपालका प्रधानमन्त्री कोइरालाले आफूलाई नेपाल भ्रमणको निम्तो दिएको स्मरण गर्दै मोदीले सार्क सम्मेलन अघिनै नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्रीले नेपालको राजकीय भ्रमण नगरेको १७ वर्ष पुगिसकेको छ ।
हिन्दू कट्टरपन्थी मोदीले हिन्दूहरुका आराध्यदेव पशुपतिनाथको पूजाका लागि विशेष समय कहिले हो भनेर सभासद सिंहसँग प्रश्न गरेका थिए । सिंहले शिवरात्री विशेष दिन भए पनि हरेक सोमवार पशुपतिनाथ मन्दिरमा विशेष पूजा हुने मोदीलाई जानकारी दिएका थिए ।
कांग्रेस सभासद सिंहले बिगत केही वर्षदेखि भारतले कर्मचारीतन्त्रमार्फत नेपाल मामिला हेरिरहेको भन्दै माथिल्लो स्तरबाटै नेपाल भारत सम्बन्धमा ध्यान दिन मोदीलाई आग्रह गरेको पत्रकारहरुलाई जानकारी दिएका छन् । नेपाली राजनीतिका माहिर खेलाडी मानिने सिंहले प्रधानमन्त्री सुशील कोइरालालाई जानकारी गराएर मोदीसँग भेट गरेका हुन् वा व्यक्तिगत रुपमा भेटेका हुन् भन्ने चाहिँ खुलेको छैन ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top