बन्दहड्ताल गर्न नपाउने कानुन बन्दै

0
२६ बैशाख, काठमाडौं । 
औद्योगिक क्षेत्रमा हुने बन्दहड्ताललाई निरुत्साहित गर्न ऐनमार्फत नै व्यवस्था गरिने संकेत देखिएको छ । उद्योग मन्त्रालयले हालै सैद्धान्तिक सहमतिका लागि कानुन मन्त्रालयमा पेश गरेको औद्योगिक व्यवसाय ऐनमा बन्दहड्ताललाई निरुत्साहित गर्ने प्रावधान राखिएको मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ । बन्दहड्ताललाई सोझै ‘निषेध’ नभनी त्यस्तै आशयसहितको व्यवस्था ऐनमा गर्न लागिएको स्रोतको भनाइ छ ।
‘ऐनमा ठ्याक्कै बन्दहड्ताललाई प्रतिवन्ध गर्ने त भनिएको छैन्,’ स्रोतले भन्यो, ‘तर, यस्ता क्रियाकलापलाई निरुत्साहित गर्दै औद्योगिक वातावरण निर्माण गर्ने किसिमबाट ऐन जारी गर्न लागिएको छ ।’
औद्योगिक नीति २०६७ मा उल्लेख भएअनुसार बढ्दो औद्योगिक असुरक्षालाई सम्बोधन गर्न बन्द हड्तालजस्ता गतिविधिलाई कानून बनाएर निरुत्साहित गर्न लागिएको हो । उद्योग मन्त्रालयले संशोधनसहितको उक्त ऐनलाई गत मंगलबार सैद्दान्तिक सहमतिका लागि कानून मन्त्रालयमा पठाइसकेको अभियान दैनिकमा खबर छ । उक्त मन्त्रालयबाट सहमति प्राप्त हुनासाथ त्यसलाई विधेयकका रुपमा उद्योग मन्त्रालयले मन्त्रिपरिषदमा पेश गर्नेछ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top