श्रम स्वीकृति बन्द हुँदा अबैध रुपले खाडी जाने महिला कामदार बढे

0
२६ बैशाख, काठमाडौं । 
घरेलु महिला कामदारको विषयमा अध्ययन गर्ने भन्दै सरकारले १० दिनसम्म श्रम स्वीकृति बन्द गरेपछि महिला कामदार भारतको बाटो हुँदै खाडी पुग्न थालेका छन् ।
खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिला कामदारमाथि शारीरिक तथा मानसिक यातना दिने र अलपत्र पर्ने क्रम बढेको भन्दै सरकारले गत साता व्यक्तिगत श्रम स्वीकृति तत्काललाई बन्द गरेर अध्ययन समिति गठन गरेको थियो ।
अध्ययन समितिको रिपोर्ट सार्वजनिक नहुँदा र सरकारले नियमन गर्न नसक्दा तालिम लिएर बसेका आठ सय ५० महिला कामदारसमेत भारतको बाटो हुँदै खाडी पुग्न थालेको तालिम संस्थाका सञ्चालकले बताएको नागरिक दैनिकमा खबर छ ।
समीक्षा ओरियन्टेसन सेन्टर प्राली जोरपाटीका सञ्चालक तथा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड सदस्य सीता देवकोटाले सरकारले श्रम स्वीकृति नदिँदा तालिम लिएर बसेका महिला कामदारमध्ये अधिकांश भारतको बाटोबाट खाडी पुगिसकेको बताइन् । ‘न तालिम दिन पाइन्छ, न श्रम स्वीकृति पाइन्छ । नयाँ त गैरकानुनी भएर जान्छन् । तालिम लिएका पनि भारतकै बाटो भएर पुगिरहेका छन्,’ उनले भनिन्, ‘खाडीबाट भिसा बन्द भए पो कामदार। जान पाउँदैनन् । स्वीकृति बन्द हुँदा त अबैध रुपमा जाने क्रम झन बढ्छ ।’
सरकारले दुई वर्षअघि संस्थागत -म्यानपावर कम्पनी) श्रम स्वीकृतिमा खाडी पठाउन रोक लगाएको थियो । अहिले व्यक्तिगत स्वीकृतिसमेत बन्द गरेर महिला कामदारको अवस्था अध्ययन गर्न श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति बनाएको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top