सभासदलाई भिसा नदिन राजदूतलाई सभामुखको आग्रह
शीर्षनेतालाई बैठकमा हाजिर हुन रुलिङ

0
२ जेठ, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान नबनेसम्म सभासदहरुलाई भिसा नदिन कूटनीतिक निकायसमक्ष आग्रह गरेका छन् ।
शुक्रबार कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग भएको संयुक्त छलफलमा प्रष्ट शब्दमा भिसा नदिन आग्रह नगरेका नेम्वाङले संविधान निर्माणलाई प्रभावित पार्ने गरी सभासदहरुलाई भ्रमणको निम्तो नदिन नबोलाउन जिल्लाबासीलाई आहृवान गरेको सुनाएका थिए ।
‘उनले भिसा नदिन भनेर प्रष्ट आग्रह त गरेनन्’ स्रोतले भन्यो-’तर, सभासदहरुलाई विदेश नजान रुलिङ गरेको र जिल्लामा समेत नबोलाउन जिल्लाबासीहरुलाई आग्रह गरेको छु भनेर प्रष्ट संकेत गरेका छन् ।’
सभाध्यक्ष नेम्वाङले मंगलबार संविधानसभामा संविधान निर्माणको अवधिभर विदेश नजान सभासदहरुलाई रुलिङ गरेका थिए । राजधानी नछाड्न भन्दै उनले संविधान निर्माणलाई प्रभावित पार्ने गरी सभासदहरुलाई नबोलाउन जिल्लाबासीलाई आहृवान गरेका थिए ।
संविधानसभा भवन नयाँबानेश्वरमा शुक्रबार भएको छलफलमा सभाध्यक्ष नेम्वाङले राजदूतहरुलाई संविधान निर्माण प्रक्रियाबारे जानकारी गराएका छन् । अघिल्लो संविधानसभाले गरेको कामको स्वमित्व लिएर संविधानसभामा छलफलसमेत सुरु भएको भन्दै उनले माघ ८ भित्र संविधान बनाउन संकल्प रहेको सुनाएका छन् ।
यसैबीच सभाध्यक्ष नेम्वाङले कार्यतालिका अनुसार काम गर्न समितिमा रहेका सभासदहरुलाई आग्रह गरेका छन् । समितिहरुमा शीर्ष नेताहरुलाई समेत नियमित उपस्थित गराउनु पर्नेमा जोड दिँदै सभाध्यक्ष नेम्वाङले त्यसका लागि आफू र सचिवालयले समेत आवश्यक सहयोग गर्ने बताएका छन् ।
छलफलमा सभापतिहरुले अहिलेसम्म भएको छलफलबारे सभामुखलाई बि्रफिङ गरेका थिए ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top