काठमाण्डौ, २०७१ जेठ २ गते
एशियाली विकास बैंक (एडिबी) ले समुदायीक सिंचाई र कृषि क्षेत्रमा थप आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
परियोजनाका लागि थप पौने तीन अर्ब रुपैया बराबर ऋण सहयोग गर्ने जानकारी गराएको हो । यो परियोजनाका लागि ३ करोड डलर अर्थात २ अर्ब ८७ करोड ३० लाख रुपैयाँ बराबर सहयोग गर्नेसम्बन्धी सम्झौता एडिबीले गरेको हो । सहयोग सम्बन्धि सम्झौता पत्रमा शुक्रबार अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी र नेपालका लागि एडिबीका निर्देशक किनिचि ओकोयामाले हस्ताक्षर गर्नुभयो । यो परियोजना विभिन्न ३५ जिल्लामा संचालन भईरहेको छ ।