हस्तलिखित राहदानीबाटै श्रमस्वीकृति पाइने

0
काठमाडौँ, जेठ २– वैदेशिक रोजगार विभागले गरेको निर्णयलाई सच्याउँदै श्रम तथा राजगार मन्त्रालयले वैदेशिक रोजगारीका लागि जाने कामदारहरूलाई पुस १४ सम्म हस्तलिखित राहदानीबाटै श्रमस्वीकृति दिने जनाएको छ । विभागले जेठ १ गतेदेखि एमआरपी भएकाले मात्रै श्रमस्वीकृति पाउने
निर्णय गरेको थियो । विभागका प्रवक्ता बद्रीकुमार कार्कीले धरै कामदारको हस्तलिखित राहदानीमा भिसा आइसकेको र ठूलो सङ्ख्यामा हस्तलिखित राहदानीमा भिसा प्रक्रिया अगाडि बढाएकाले श्रम मन्त्रालयको निर्देशनअनुसार पुस १४ सम्मलाई हस्तलिखित राहदानीलाई मान्यता दिइएको बताए । उनले केही समयलाई हस्तलिखित राहदानीलाई मान्यता दिइएपनि एमआरपीलाई प्रोत्साहन गर्ने नीति विभागले लिएको बताए । अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ०) ले २०७२ मंसिर ८ सम्ममा एमआरपी अनिवार्य गर्न निर्देशन दिएको छ ।
 
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top