स्याङ्जा सहयोग समाज अन्तर्गत रापाकोट इकाई समितिको २२औं मासिक नियमित बैठक आज सनैया स्थित १२ नम्बर मा इकाई का प्रथम उपाध्यक्ष श्री बिष्णु प्रसाद पौडेल को सभापतित्वमा बस्यो । बैठक मा रापाकोट गा।बि।स का वडा नं ७ र ८ म छुट्टा छुट्टै निर्माणाधीन शिवालय मन्दिर र कामाक्ष देवी मन्दिर को निर्माण सहयोगका लागि आर्थिक सङ्कलन गर्ने निर्णय गरियो । आफ्नो गाउठाउँमा भएका साना समस्याहरूमा कतारमा रहेको स्या.स.स रापाकोट इकाईले सहयोग गरेको थाह पाएर अरू पनि सहयोग को लागि मौखिक अनुरोध आउने गरेको इकाईका अन्य सदस्यले जानकारी गराउनु भयो । इकाई समितिकै पहलमा रापाकोट ७ निवासी श्री ठाकुर पौडेलको उपचारार्थ रकम संकलन गरी पठाएकोमा अहिले उहाँको स्वास्थ्यमा क्रमिक सुधार भएकोमा स्या.स.स. रापाकोट इकाईलाई धन्यवाद तथा कृतज्ञता ब्यक्त गर्नु भएको छ । आजको बैठकबाट रापाकोट इकाईका बिशिष्ट सल्लाहकार मा स्या.स.स.का निबर्तमान अध्यक्ष श्री टुकराज अर्याललाई मनोनित गरिएको पनि जानकारी गराइन्छ ।
स्या.स.स. रापाकोट इकाई समिति, कतार
