मध्यरातमा श्रीमान नचिन्दा...

0
उदयपुर, जेठ – उदयपुरको साउने गाविस बडा नं. ९ की एक महिला आफ्नै श्रीमानलाई नचिन्दा अर्कै व्यक्तिबाट यौनको शिकार बन्न पुगेकी छिन ।
बुधबार राती सामान्य विवादपछि श्रीमान घर छाडेर हिँडेका थिए । श्रीमान घर छाडेर निस्किएको मौका छोपी स्थानीय अर्जुन आलेमगरले ती महिलासँग शारीरिक सम्बन्ध राखेका हुन् ।
‘झगडा गरेर हिँडेका श्रीमान राति २ बजेतिर आए जस्तो लाग्यो । घरको ढोका बलियो थिएन । ढोका खोलेँ र ओछ्यानमा सुतें,’ ती महिलाले भनिन्, ‘श्रीमान र श्रीमतीबीच हुने सबै सम्बन्ध हामी बीचमा भयो, त्यसपछि उठेर हिँडन लाग्दा शंका लाग्यो, टर्च बालेर हेर्दा अर्कै मान्छे रहेछ ।’
लगत्तै होहल्ला गरे पनि मध्यरात भएकाले कसैले आफ्नो आवाज नसुनको उनले बताईन । घटना भएको भोलिपल्ट बिहीबार बिहान मात्र श्रीमान घरमा आएको उनको भनाई छ । त्यसपछि श्रीमानलाई घटनाबारे सुनाएपछि श्रीमानकै सल्लाह अनुसार प्रहरी चौकी साउनेमा निवेदन दिएको उनले जानकारी दिइन् ।
पीडितको निवेदन अनुसार अर्जुनलाई साउने प्रहरी चौकीले पक्राउ गरी आवश्यक काराबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाएको छ ।
उनलाई शुक्रबार नै म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ । अनुसन्धानमा दोषी देखिए जबरजस्ती करणी अन्तर्गत मद्दा चलाईने प्रहरी निरीक्षक बाबुराम पोखरेले बताउनुभयो ।

Source: www.ujyaaloonline.com
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top