एनपीएल क्रिकेटमा कान्तिपुरद्वारा कलर्स पराजित

0
२ जेठ, काठमाडौं ।
एनपीएल क्रिकेटमा कान्तिपुर गोर्खाजले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको आफ्नो पहिलो खेलमा कान्तिपुरले कलर्स एक्स फ्याक्टरलाई १८३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो कलर्सको लगातार दोस्रो हार हो ।
धनगढीमा टस जितेर पहिले व्याटिङ थालेको कान्तिपुर गोर्खाजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८७ रन बनायो । उसका लागि प्रदिप ऐरीले ८७ रन जोडे । सुवास खकुरेलले २८ रन जोडे भने सुमन श्रेष्ठ र अन्तिम थापाले समान २७/२७ रन बनाए ।
कलर्सका अमर सिंहले ३ विकेट लिए भने हरिशंकर साह र राहुलप्रताप सिंहले समान २/२ विकेट हात पारे ।
जवाफमा मैदान उत्रिको कलर्स २५ ओभरमा १ सय ४ रन जोड्दा अल आउट भयो । उसका लागि फैजल खानले ३८ रन जोडे । कप्तान ज्ञानेन्द्र मल्लले २२ र राजेश पुलामीलेृ १३ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बसन्त रेग्मी र आकाश विष्टले समान ३/३ विकेट लिए भने लिलितसिंह भण्डारीले २ विकेट लिए ।
कान्तिपुर गोर्खाजका प्रदिप ऐरी म्यान अफ दि म्याच घोषित भए ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top