नयाँ शक्ति अपरिहार्य : भट्टराई

0
पोखरा, एकीकृत नेकपा (माओवादी)का नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले  अब नयाँ शक्ति अपरिहार्य भएको बताउनु भएको छ | उहाँले राजनीतिक नेतृत्वले परिवर्तनसँगै युगको माग पूरा गर्न नसके नयाँ शक्ति जन्मने बताउनु भयो  ।
पोखराको एक सामान्य पत्रिकाको बार्शिकोत्सब मनाऊंने क्रममा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले  एमाओवादी नेतृत्वले त्यसलाई बुझन नसके पार्टीको हैसियत पतन भएर जानेछ भन्नुुभयो ।
कुनै बेला काँग्रेस र एमाले पनि नयाँ शक्तिका रुपमा उदय भएका थिए, अहिले ती पुराना भइसके भन्दै नेता भट्टराईले भन्नुभयो, “नेतृत्वले समयमै बुद्धिमत्तापूर्ण काम गर्न नसके भारतीय लोकसभा निर्वाचन
मा पुराना र ठूला भनाउँदा राजनीतिक दलको जुन हविगत भयो, त्यस्तै अवस्था यहाँ पनि हुन सक्छ ।”
उहाँले मन्त्रिपरिषदले नियुक्ति गर्ने २६ सभासद् र न्याय परिषद्का बारेमा सर्वोच्च अदालतले गरेको फैसला व्यवस्थापिकाको कार्य क्षेत्रमाथिको हस्तक्षेप हो भन्नुभयो ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top