थ्रीस्टारको जितमा सन्तोषको हृयाट्रिक

0

३० मंसिर, काठमाडौं ।
 राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टारले सन्तोष सहुखलको हृयाट्रिकको मदतमा जाउलाखेल युथ क्लबलाई पराजित गरेको छ । अर्को खेलमा मनाङ मर्स्याङ्दीले हिमालयन शेर्पामाथि संघर्षपूर्ण जित हात पारेको छ ।
जितपछि ६ खेलबाट १५ अंक जोडेको थ्रीस्टार अंक तालिकाको दोस्रो स्थानमा छ भने समान खेलबाट १४ अंक जोडेको मनाङ तेस्रो स्थानमा छ । लिग लिडर मच्छिन्द्रको समान ६ खेलबाट १६ अंक छ ।
त्रिपुरश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले छिमेकी क्लब जाउलाखेललाई ४-१ ले पराजित गरेको हो । आक्रामक खेल खेलेको थ्रीस्टारका लागि तेस्रो मिनेटमा नै अनिल ओझाले गोल गर्दै सुरुवाति अग्रता दिलाए ।
खेलको १० औं मिनेटमा कप्तान सन्तोषले अग्रता दोब्बर पारे भने २८ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । पछिल्लो समय लयमा देखिएका सन्तोष त्यतिमै रोकिएनन् र ३६ औं मिनेटमा हृयाटि्रक पुरा गर्दै थ्रीस्टारलाई ४-० को अग्रता दिलाए । लिगमा यो उनको दोस्रो हृयाटि्रक हो ।
खेलको ३८ औं मिनेटमा जुमाले जाउलाखेलका लागि गोल गर्दै थ्रीस्टारको अग्रता ४-१ मा झारे । दोस्रो हापमा केही सम्हालिएको प्रदर्शन गरेको जाउलाखेलले थप गोल फर्काउन सकेन र ४-१ ले नतिजा थ्रीस्टारलाई सुम्पियो ।
शनिबार नै भएको अर्को मनाङले हिमालयन शेर्पामाथि १-० को संघर्षपूर्ण जित हात पार्दै अपराजित यात्रा कायमै राखेको छ । मनाङले हिमालयन शेर्पालाई दबावमा राखेपनि गोल गर्न भने दोस्रो हापसम्म कुर्नु पर्‍यो । खेलको ५१ औं मिनेटमा सिकोले गोल गर्दै मनाङलाई अग्रता दिलाए । उनले सविन्द्र श्रेष्ठको क्रसमा हेड गोल गरेका हुन् ।
त्यसपछि पनि मनाङले गोल गर्ने केही सुन्दर मौका गुमाएको थियो । खेलमा दुबै टोलीबाट थप गोल हुन सकेन र सिकोको गोल नै मनाङको जितमा निर्णायक बन्यो ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top