गजल प्रयास

0
श्रम गरी खानेलाई खान देऊ सरकार
अब छिट्टै नयाँ संवि–धान देऊ सरकार

खुट्टा तान्ने, पछार्ने नै खेल धेरै भयो यहाँ,
अघि जान सक्नेलाई जान देऊ सरकार

विकटका जनता ती भोकै नांगै मरेका छन्,
खाद्यन्न र कपडाको थान देऊ सरकार

विदेशिए युवाशक्ति स्वाभिमान गुमाएर,
सगरमाथा शिखरको शान देऊ सरकार

के नै गर्न नसक्ने छन् नेपालीले गरेदेखि,
सहजता, सुरक्षाको भान देऊ सरकार

सानो–ठूलो भन्ने हुन्न कामहरु, श्रमहरु,
सबै काम बराबरी मान देऊ सरकार

नेपालीले रचेका थे, वीरताको गाथा पनि,
श्रमजीवी श्रमिकको गाना देऊ सरकार

पुनरागमित
स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
मरुभूमिको नारकीय उजाड बस्तीबाट
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top