२० वर्ष पछि पुन: ठमेलमा संचालनमा आउदै इटालियन रेष्टुरेन्ट

0

सुरज खड्का
२५ माघ

काठमाडौ । राजधानीको मुटु ठमेलमा चार करोड पच्चीस लाखको लगानीमा इटालियन रेष्टुरेन्ट " मार्कोपोलो रेष्टुरेन्ट "  संचालनमा आउने भएको छ । छायाँमहलको स्वच्छ र शान्त  वातावरणमा अाउन लागेको छ । विगत ३५ बर्षदेखी पर्यटन  व्यवसाय संचालन गर्दै आउनुभयका सुमन पाण्डेले यो  रेष्टुरेन्ट संचालनमा ल्याउनुभएको हो ।


आजभन्दा  दुई दशक पहिले एक इटालियन व्याक्तीले ठमेलमा स्थापना गरेको "मार्कोपोलो रेष्टुरेन्ट "  त्यो  समयमा पनि निकै प्रख्यात थियो ।  ती व्याक्ती  पछी आफ्नै देश फर्कनु परेकोले उक्त रेष्टुरेन्ट  बन्द भएको रेष्टुरेन्ट  अहिले २० बर्षपछि पहिलेकै रेष्टुरेन्ट भयको ठाउँमा र बाट २०० मिटर  को दुरी छाँया महलमा संचालनमा आउने भएको छ।


नेपालमा बर्सेनि लाखौं  पर्यटन आउने गरेको छन्  । संसारभर  धेरै यस्ता देश छन् जसले  खानाको स्वादले पर्यटकलाई आकर्षित  षरेको छन्  । यश रेष्टुरेन्टको उदेश्य पनि खानाको स्वादले नै पर्यटक आकर्षित गर्ने  भयको संचालक सुमन पाण्डेले बताउनुभयो ।
यही मार्च १ तारिखदेखि अौपचारीकरुपमा संचालनमा आउने यश रेष्टुरेन्टको अर्को उद्श्य  भनेको सरकार रे घोषणा गरेको पर्यटन बर्ष २०२०लाई  केही टेवा पुर्याउनु  पनि हो ।संचालक  पाण्डेको अनुसार यस् रेष्टुरेन्टमा नेपाली साथै विभिन्न विदेशी परिकारका संवाद पाहुनाले  लिन सक्ने छन् ।


स्वास्थ र गुणस्तरिय खाना उपलब्ध गराउने उद्श्यले नै ३० बर्ष विदेशका पाँचतारे होटल र रेष्टुरेन्टमा काम गरेका जर्मनका अनुभवी मास्टर सेफ वलिभर कल्फ र हस्पिटालिटीलाई नै आफ्नो पेशा बनायका रसियन नागरिक डा.बर्टको प्रत्यक्ष निगरानीमा यो रेष्टुरेन्टको निर्माण सम्पन्न भयको हो । यश रेष्टुरेन्टमा १० बर्षभन्दा बढीको अनुभवी सेफ सहित जम्मा ३५ जनाले यहाँ  रोजगार पायको संचालक पाण्डेले बताउनुभयो।



Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top