नेपाली सांगीतिक कार्य क्रम २०७४ यू ए ई

Durga chettri
0
नेपाली साङ्गितिक कार्यक्रम-२०७४ युएई!!!
उदयपुर प्रवासी सेवा समाज युएई द्वारा नया बर्ष २०७४ लाई मध्यनजर गरेर नया बर्ष को साङ्गितिक कार्यक्रम आयोजना गर्ने बताइएको छ । हिजो मिति फेब्रुअरी ३ तारिख दुबई स्थित सन एन्ड ट्राभल प्रा लि मा भएको उदयपुरे हरुको बैठकबाट सो कार्यक्रम गर्ने बारेमा निर्णय गरिएको थियो ।
कार्यक्रम बिशेश गरेर उदयपुर जिल्लाका विभिन्न स्थानहरुमा जनचेतनामूलक होर्डिङ बोर्डहरु स्थापना गरिदिने लक्ष्यसाथ सन्चालन गर्न लागिएको हो । बिशुद्द नाफामुखी भन्दापनी सेवामुखी भएर यो कार्यक्रम गर्ने निर्णय गरिएको हो । खराब मौसम का कारण वर-दुबई स्थित पार्क मा गर्ने भनिएको उक्त्त  बैठक अत्यधिक चिसो हावाहुरी साथै जाडोको कठिनाइ भएको कारण बैठक सन एन्ड मुन ट्राभल सङ्ग सल्लाह गरेर नेपाली समुदाय युएई का अध्यक्ष बिदुर राउतले हलको बन्दोबस्त गराउनु भएको थियो ।
नया बर्ष मा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गर्ने भन्ने लक्ष्यसाथमा हुन लागेको न्यु यर म्युजिकल लाइभ कार्यक्रम मा विभिन्न ख्यातिप्राप्त नेपाली रास्ट्रीय कलाकार हरुको साथमा दुबई मा भएका केही प्रवासी  नेपाली कलाकार हरुलाई समेत सहभागी गराइने भएको छ । हामिलाई उक्त कार्यक्रम हुने भन्ने बारेमा जानकारी उदयपुर प्रवासी सेवा समाज युएईका सचिब श्री नवराज घिमिरेले दिनुभयो ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top