गायिका कला राइको "लुक्स" एल्बममा रहेको युके हङकङ कोरिया बोलको गितको म्युजिक भिडियोको छायांकन युएई मा सम्पन्न गरियो ।
बास्तबमै मार्मिक गित जसले गाउघरको बास्तबिकता लाई समेटेको छ जसमा पुरुष पात्र धन कमाउने बहानामा बिदेश भासिएर आफ्नी अर्धाङ्गिनीलाई स्वदेशमै छाडेर वास्ता गर्न छोडेको र श्रीमानको पर्खाईमा श्रीमती तडपिएर बस्नुपर्ने घटनाहरु हाम्रो समाजमा ब्याप्त पाइन्छ । सोही घटनालाई म्युजिक भिडियो मा प्रस्तुत गरिएको छ ।
निर्देशक केशब कटुवाल ले निर्देशन गरेको उक्त म्युजिक भिडियो युएई का विभिन्न शहरहरुमा छायांकन गरिएको छ।
"लुक्स" एल्बम मा रहेको हङकङ युके कोरिया बोलको यो आधुनिक गितमा सङ्गीत बरिस्ठ सङ्गितकार श्री सुरेश अधिकारिको रहेको छ भने शव्द र स्वर भने आदरणीय गायिका कला राई स्वयम कै रहेको छ ।
म्युजिक भिडियो लाई पुर्णता दिनका लागि नेपाली मोडल दुर्गा छेत्री र मोडेल उर्मिला केसीले साथ दिएका छन । दर्जनौ म्युजिक भिडियो हरुमा सफल अभिनय गरिसकेका मोडल दुर्गा छेत्रीले फेरि पनि एकपटक यो गितमा आफ्नो निकैनै दमदार प्रस्तुती दिन सफल भएका छन । हालै मात्र छायांकन सकिएको यस म्युजिक भिडियो चाडै नै बजारमा आउने जानकारी गराइको छ ।

