स्वास्थ्य मन्त्री गगन थापाको नैतिकता र राज्यकोष बाट पोसिएको पचास लाख !!

0

सोमवार, कार्तिक २९, २०७३
•श्री कृष्ण श्रेष्ठ"धौबजी"
स्वास्थ्य मन्त्री गगन थापाको नैतिकता र राज्यकोष बाट पोसिएको पचास लाख !!
 फगत भाषणले चोखिन अब गाहारो छ ।

अहिले सामाजिक सन्जाल रंगिएको छ,चर्चा व्यापक छ नेपाली जन माझ,असन्तोष छरपस्ट हुँदै छन,बिषय सबैको समान हो "मन्त्री परिषद ले काङ्रेस नेतृ एबम पुर्ब उप.प्रम सुजाता कोईराला लाई उपचारको नाममा स्वीकृत गरेको ५० लाख "।
राजनीतिमा लागेका पहुच भएका एबम सम्पन्न मानिनेहरु लाई बिगत देखि नै राज्यकोष दोहन गरि करोडौं रुपैया बिदेशमा स्वास्थ उपचारको नाममा बाडने प्रचलनले निकै बिकृत रुप लिई सकेको छ,नेपालमा बिश्वस्तरिय प्रबिधी र डाक्टरहरु हुदा हुँदै बिदेशमा स्वास्थ उपचारको बहानामा पोसिने परम्पराको जनस्तर बाट व्यापक बिरोध हुँदै आएको छ तर सबै राजनितिक दलका शीर्सस्थ नेताहरु यो सुबिधा उपभोग गर्नेमा परेका हुदा राजनैतिक नेतृत्व तै चुप मै चुपको अबस्था देखिन्छन र पनि बर्तमान माओबादी केन्द्र र काङ्ग्रेसको संयुक्त सरकारमा सामेल निकै उर्जासिल ब्यक्ती स्वास्थ मन्त्री गगन थापाको कारण ले समेत यो मुद्दाले थप चर्चा पाई रहेको बुझ्न गाहारो छैन ।
बर्तमान नेपाली राजनीतिमा गगन थापा ति थोरै भाग्यमानी नेतामा गनिन्छन जसलाई आशा र भरोसाको रुपमा स्वीकार गर्ने जमात अझै कायम छ र सुखद कुरा बर्तमान मन्त्री परिषदमा उनको निर्णय तथा कार्यहरु चर्चामा नै छ्न,गुमनाम छैनन उनी ।स्वास्थ मन्त्रीको रुपमा संरचना सुधार देखि जनहित प्रेरित कार्यमा उनको सकृयता प्रसंसनिय छ्न तर सुजाता कोईराला लाई जुन उपचारको नाममा ५० लाख उपलब्ध गराउने निर्णय भयो यसले गगन थापाको साखमा गम्भीर प्रश्नचिन्ह उठेको छ ।
"भिआईपिको उपचारको नाममा राज्यकोष दोहन हुन दिन्न"- उनको हरेक भाषणमा नछुटने बाक्यान्श हुन तर ५० लाख पोस्ने निर्णय गर्दा आफू मन्त्रीपरिषदको बैठकमा उपस्थित नभएको मौका पारी निर्णय गरेछन,हुन नहुने,खेद छ भनी भाषण दिन भ्याई रहेका छन र मेरो मा पनि हजारौ निबेदन छन सहयोगका,प्रधानमन्त्री समक्ष प्रस्तुत गर्छु ती सबै हेरम के गर्दा हुन भनी समेत भन्न भ्याई रहेका छन ।जुन सर्बथा अनुचित हो ।हुन त उनले चाहेका भए सो प्रस्ताब तुहाउन सक्थे मन्त्रीपरिषदको बैठक बाट किनकी उनी ब्यस्त रहेको भनीएको सहर पोखरा जहाँ उनी तरुण दलको अधिबेशनमा ब्यस्त थिए होलान सायद बाट बैठकमा भाग लिन काठमाडौ आउन दूरि एबम सहजताको दृस्टीले समेत असम्भव थिएन तर सायद त्यो उनको प्राथामिकता परेन या आपसी मिलोमतो,बुझ्न गाहारो छ ।स्वास्थ मन्त्रीको हैसियत,प्रस्तुत अडान र नैतिकता ले बरु निर्णय खारेज गराउन लाग्नु पर्थ्यो कि निर्णय प्रती असहमति जनाई राजिनामा दिनु पर्थ्यो ।जुन उनको बोलीले सम्भब देखिदैन ।
नेपाली जनमानसमा पुर्बबर्ती सरकारका मन्त्री लाल बाबू पन्डितको चर्चा अक्सर भई रहन्छ ।पिआरधारिहरु लाई दोहोरो सुबिधा बाट बन्चित गर्नु पर्ने उनको अडान र बिधिवत कानुनको निर्माण एबम कार्यान्वयन उनको कार्यकालका उपलब्धी हुन,जुन सम्झन लायक छन ।स्वास्थ मन्त्री गगन थापा ले अब मन्त्री परिषदमा अडकिएर रहेको भनीएको "सहयोग विधयक" लाई यथासिघ्र पारित गराउन पहल साथै आबश्यक कानुन निर्माण गर्न अग्रसरता लिनु पर्छ र नेपाली जनतालाई आस्वस्त पार्न सक्नु पर्छ कि अब देखि स्वास्थ उपचारको नाममा गरिब जनताको खुन पसिना जोडिएको राज्यकोष दुरुपयोग हुने छैन तब मात्र उनी प्रती डगमगाएको बिश्वास फर्कने छ नत्र भाषण ले मात्र अब चोखिन गाहारो छ ।
धन्यबाद
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top