४८जना नेपाली कामदार साउदीको खुल्ला आँकासमा नेपाल फर्किए मेनपावरमा लफडा गर्छन् भन्दै एक्जिस्ट भिसा नदिन मेनपावरको दवाव ।

0
सुरेश राज त्रिपाठी
 November 23, 2016
रियाद । यतिवेला वैदेशिक रोजगारिका लागि नेपालबा अाएका ४८ जना नेपाली साउदी अरब स्थित नेपाली दुतावास प्रांगणमा दिनहुँ भेटिन्छन् । एक वर्ष अगाडि वैदेशिक रोजगारीका लागि क्षितिज इम्प्लोइमेन्ट सर्भिस प्रालि काठमाडौँबाट यहाँ अाएका ४८ नेपाली विगत ६ महिना देखि काम र तलब समेत नपाएर अलपत्र परेका छन् ।

नेपालबाट साउदीअरबको जेद्दामा रहेको Hijaj Gate International कम्पनिमा आएका थिए उनीहरू  बिगत ६ महिना देखि काम,तलब नपाएर बिचल्लीमा परेका नेपालीहरु हर-हालतमा स्वदेश फिर्तिको आग्रह सहित नेपाली दुताबासको प्रागणमा निकै दुख गरेर बसी रहेका छन ।
नेपालमा गरेको सम्झौतापत्र अनुसार नभएर कम्पनिले यहाँ अाइसके पछि जबरजस्ती अर्को सम्झौतापत्रमा ल्याप्चे लगाएर काम गर्न लगाएको थियो । उनीहरू आफुहरुले पनि बाध्यतामा परी काम गरिराखेको तर आएको ६ महिना पछी एक्कासी कम्पनि बन्द भएको भन्दै विना तलब कम्पनीबाट निकालिएको उनीहरूले गुनासो गरेका छन् ।

काम गर्ने कम्पनीको समस्या समन्धमा समयम नै पठाउने मेन पावर कम्पनीलाई जानकारी र तारन्तार ताकेता गर्दा पनि बेवास्ता गरेको र आफ्नो प्राण नै धान्न गाह्रो परेपछी पीडितहरु ३ हप्ता पहिले आफ्नो लत्ता-कपडा, ब्याग र सम्पूर्ण सामानहरु लिएर नेपाली राजदुताबासको शरणमा आएका थिए ।

नेपाली राजदुताबासका श्रम सहचारि अम्बिकाप्रसाद अधिकारीले पीडितहरुको गुनासोका अाधारमा मेनपावरका डाइरेक्टर झपिन्द्र पराजुली र कम्पनी दुबैमा सम्पर्क गर्दा छिट्टै समाधान हुने भनिए पनि अझै उनीहरू घर फर्कन पाएका छैनन् ।

पटक पटक उद्दारका लागि अनुरोध गर्दासमेत कुनै पहल नभए पछि अलपत्र नेपालीहरू फेरी सोमबार राजदुतावास पुगेका थिए ।
राजदुताबासले मेनपावर र पीडितहरु आएको कम्पनिमा उनिहरुको उद्दारको लागि दबाब दिदा उनिहरु आएको कम्पनिले पीडितहरुलाई अरु कुनै कम्पनीमा काम लगाउने तयारी गरिरहेको बताएर उम्किने गरेको छ ।

पीडितहरु बिगतमा पनी तलब नदिएको र कम्पनी राम्रो नभएकोले जसरी पनि आफुहरु नेपाल फर्किने तर पुन: काम नगर्ने बताउँदै अाएका छन् । पीडितहरुले घर फर्काइदिन अाग्रह गर्दा मेनपावर कम्पनीले भने उनीहरूलार्इ एक्जिट भिसा उपलब्ध नगराइदिन कम्पनीलार्इ भनिरहेको श्रमसहचारी अधिकारीले जानकारी दिए ।

पीडितहरु नेपाल फर्कनको लागि टिकेट पनि उपलब्ध नगराउने र पीडितहरु नेपाल आएपछी लफडा गर्छन् भनेर मेनपावरसँग सम्बन्धित ब्यक्तिले अरबिक भाषामा कम्पनीलाई एक्जिट भिसा नदिन भनिरहेको अडियो टेप श्रमसहचारी अधिकारीले सुनाए ।

यस बिषयमा दुताबासको तर्फबाट श्रम मन्त्रालयलाई पत्रचार गरिसकेको,दुताबासको तर्फबाट पीडितहरुको उद्दारार्थ कम्पनी र मेनपावरबिच पनि कुरा भैरहेको र पीडितहरु भिसा ट्रान्स्फर गरेर वा अरु कुनै कम्पनिमा पनि काम गर्न नचाहेकोले पीडितहरुलाई फाइनल भिसा लगाउन पनि उक्त कम्पनी तयार भैसकेको छ ।

तर मेनपावरले पीडितहरुलाई नेपाल फर्काउन नचाहेको र टिकेट नदिने कुरा बताएकोले पीडितहरुको उद्दारमा ढिला भैरहेको कुरा श्रमसहचारी अधिकारीले जानकारी दिए । पीडितहरु नेपाली राजदुताबास रियादमा आएर बसेकोले उनिहरुलाई खान सुत्नको ब्यबस्था गर्न राजदुताबासलाई नै गाह्रो परिरहेको छ । राजदुताबासमा न त ठुलो संख्यामा पीडितहरु बस्ने हल नै छ न त अरु कुनै उपाय, त्यसैले पीडितहरु यस्तो चिसो मौसममा पनि राजदुताबासको प्राङगणमै सुत्न बाध्य छन ।

पीडितहरुको अवस्था बुझ्न नेपाली कांग्रेसको भात्रि संगठन नेपाली जनसंपर्क समिती साउदीअरबका का.बा. सभापति दिपक रेग्मी, केन्द्रिय सदस्य तथा नेपाली ट्राभल साउदीअरबका शरद शर्मा तथा रियाद क्षेत्रिय का.बा. सभापति सुरेशराज त्रिपाठी लगायतले दुताबासमा गई पीडितहरुसँग भेटघाट गरेका थिए ।

लगत्तै उक्त टोलीले क्षितिज इम्प्ल्योइमेन्ट सर्भिस प्रा.लि. का डाइरेक्टर झपिन्द्र पराजुलीसँग फोन सम्पर्क गरिएको थियो । सबै यथार्थ सहित छिटो भन्दा छिटो पीडितहरुको उद्दार गर्न आग्रह गर्दा झपिन्द्र पराजुलीले छिट्टै पीडितहरुको उद्दार गरिने आश्वासन दिएका थिए ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top