आँधीखोला हाइड्याम काम सुरु हुदै

0
बुधबार कार्तिक ०३
स्याङ्जा–स्याङ्जा जिल्लाको गहनाको रुपमा रहेलो आँधीखोलामा हाइड्याम निर्माणको काम सुरु हुने भएको छ । बिगतको सरकारले बजेट्मा प्राथमिकता साथ हाइड्याम सञ्चालनका लागि बजेट निर्धारण गरेपछी यसले मुर्तता पाएको हो ।
स्याङ्जा जिल्लाको गल्याङमा हाइड्याम निर्माण भएपछि देशकै उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा गल्याङ, बायटारी र वालिङ क्षेत्र संगै यस क्षेत्रको मुहार परिवर्तन गर्ने हुँदा यसलाइ महत्वका साथ हेरिएको छ ।
हाइड्याम निर्माण हुँदा पोखरा र लुम्बिनिका सम्पुर्ण पर्यटकको गन्तब्य बन्ने हुदा स्याङ्जाको मुहार फेर्नका लागि पनि यो योजना आवश्यक रहेको कुरा गृह सचिव लोकदर्शन रेग्मीले समेत बताएका छन । उनले थपे अर्थमन्त्री बिष्णु  पौडेल हँुदा एकै वचनमा यो योजना स्वीकृत भएको बताएका छन ।
बिगतका अर्थ मन्त्री बिष्णु पौडेलले बजेट भाषण कै क्रममा सम्बोधन गर्दै रातो किताबमा ५० लाख रुपैया सम्भाब्यता अध्ययनका लागि छुट्याइएको छ । उक्त रकम मंसिर देखि काम सुरु गर्न पाउने गरी रातो किताबमा चडाइएको छ । सम्भाब्यता अध्ययन सकिना साथ नीजि क्षेत्रले लगानीका लागि महत्वका साथ चासो दिएको कारण पनि आँधीखोला हाइड्याम अब निकट भबिष्यमा नै सुरु हुने कुरामा स्याङ्जाबासी आशावादी बनेका छन ।
नेपालका प्रमुख नदीहरु मध्ये आधा दर्जन योजना भित्र परेको आँधीखोला हाइड्याम सम्भाब्यता अध्ययनको अर्को महत्वपुर्ण पक्ष के छ भने अन्य सबै आयोजनाहरुलाई चौमासिक किस्तामा सम्भाब्यता अध्ययन लाई बजेट बिनियोजन गरिएको छ भने आँधीखोलाको लागि एकै पटकमा बजेट निकासा गर्न सक्ने गरी बजेट छुट्याइएको छ । बजेटमा २ नम्बरमा नै आँधीखोला हाइड्याम का लागि बजेट छुट्याइयको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top